प्रधानमन्त्री कप क्रिकेट : त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश
इन्द्र रिजाल
जेठ २२, २०७६ बिहिबार १:१०:५५
काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आर्मीले दिएको ३१० रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश ३ ले ५० ओभरमा ९ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो । प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ७९ रनको अर्धशतकीय इनिङस खेले ।
यस्तै ज्ञानेन्द्र मल्लले २६, कप्तान पारस खड्काले १९, नन्दन कुमार याधबले १६ र अदिल खानले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । आर्मीका शाहब आलमले ३ विकेट हात पारे । यस्तै कारण केसीले २, रोहित कुमार पौडेल, कुशल मल्ल र सुशन भारीले समान १–१ विकेट लिगे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३०९ रन बनाएको थियो । आर्मीको लागि कप्तान बिनोद भण्डारी र राजु रिजालले अर्धशतकीय इनिङ्स खेले । बिनोदले अविजित ७५ रन जोड्दा राजुले ५१ रन जोडे । अब आर्मीले फाइनलमा नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासंग खेल्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार