बिजुली बजारमा एकाबिहानै मोटरसाइकल चालकको मृत्यु
इन्द्र रिजाल
जेठ २३, २०७६ बिहिबार १४:२८:२४
काठमाडौं । काठमाडौंको बिजुलीबजारमा रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
बिहीबार बिहान ४ बजेतिर तीव्र गतिमा रहेको बा ४१ प ५३६ नम्बरको मोटरसाइकल रड बोकेको साइकलमा पछाडिबाट ठोक्किँदा ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको ज्यान गएको हो ।
घाइते अमरराजको उपचारको क्रममा बानेश्वरको एभ्रेष्ट अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । ललितपुर भनिए पनि ताम्राकारको पुरै ठेगाना भने खुलेको छैन ।
मोटरसाइकल पछाडी सवार काभ्रे पलाञ्चोककी रितु लामाको राष्ट्रिय ट्रमा सेन्टर भद्रकालीमा उपचार भैरहेको छ । दुर्घटनापछि फरार रहेका साइकल चालकको खोजी भैरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार