वालिङमा बैंकर्स क्लवको गठन
इन्द्र रिजाल
जेठ २३, २०७६ शुक्रबार ३:८:६
स्याङ्जा । जिल्लाकै वित्तीय क्षेत्रको राजधानीको रुपमा रहेको वालिङमा बैंकर्स क्लव गठन भएकोे छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको हकहितको प्रर्बद्धन गर्ने र यस क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गरि स्वस्थ बैंकिङ समाजको निर्माण गर्ने उद्देश्यले बैंकर्स क्लव गठन गरिएको हो ।
स्याङ्जा जिल्ला वालिङ नगरपालिका अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रतिनिधित्व गर्ने गरि क्लव गठन गरिएको बताइएको छ । वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खांणको विशेष उपस्थितीमा कैलाश विकास बैंक लिमिटेडका शाखा प्रबन्धक मोतिलाल कुँवरको अध्यक्षतामा ७ सदस्यीय बैंकर्स क्लव वालिङको गठन गरिएको छ ।
उक्त क्लवको उपाध्यक्षमा कृषि विकास बैंकका विश्वराज मरासिनी, सचिवमा गरिमा विकास बैंकका बासुदेव पौडेल, कोषाध्यक्षमा गण्डकी विकास बैंकका प्रमुख चक्रपाणी बस्याल र सदस्यहरुमा जनता बैंकका रामबहादुर क्षेत्री, ज्योति विकास बैंकका कृष्णप्रसाद काफ्ले र पोखरा फाईनान्सका रमेशप्रसाद पौडेल रहेका छन् ।
उक्त संस्थाले आफ्नो उद्देश्यका साथै यस वालिङ नगर क्षेत्रलगायत आसपास क्षेत्रमा रहेका नगरपालिका लगायत अन्य संघ संस्थाहरुसँग सहकार्य गरि समय समयमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । वालिङमा हाल १४ वटा कर्मसियल बैंक, ६ वटा विकास बैंक र १ फाइनान्स रहेका छन् । बैंकर्स क्लव स्थापना गरिएपछि बैकिङ् सेवामा स्वस्थ्य प्रतिपस्र्धा हुने विश्वास लिइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार