चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
इन्द्र रिजाल
जेठ २५, २०७६ शनिबार १७:४०:३२
तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
चितुवाले बालिकालाई घरबाटै आक्रमण गरी लगेको र उनको शव घरभन्दा ५०० मिटर पर खरबारीमा फेला परेको थियो । प्रहरीका अनुसार बालिकाको घाँटीमा चितुवाले चिथोरेको डाम छ भने शरीरका अन्य भागमा कुनै क्षति छैन ।
चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र एक बालिकाको मृत्यु भइसकेको छ । चितुवाको आक्रमणमा परी मृत्यु भएका उनीहरुलाई यसअघि नै राहतबापतको रु दश लाख प्रदान गरिसकिएको छ ।
गत माघ महीनामा भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा दुई वटा चितुवा मृतावस्थामा फेला परे पनि पुनः चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचितवनमा पर्यटक बोकेको जिप दुर्घटना, ६ भारतीय पर्यटक घाइते
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार
ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक
जेठ २०, २०८१ आइतबार