प्रधानसेनापति पुरुष भलिबलको फाइनल खेल आज, आर्मी र गण्डकी प्रदेश भिड्दै !
इन्द्र रिजाल
जेठ २७, २०७६ सोमबार १७:२५:४९
काठमाडौं । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज ‘सोमबार’ हुँदैछ ।लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि आइतबार फाइनल हुने जनाईए पनि सार्वजनिक विदाको कारण फाइनल खेल सोमबार सारिएको हो । फाइनल खेल अपरान्ह ४ बजेपछि हुनेछ ।
साविकको विजेता समेत रहेको आर्मी लगातार चौंथो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३९१ को सेटमा पराजित गरेको थियो । बलियो पुलिसलाई हराउन सफल आर्मी उक्त लयलाई कायम राख्ने योजनामा हुनेछ ।
यता, पहिलो पटक फाइनल पुगेको गण्डकी आर्मीलाई स्तब्ध बनाएर उपाधि जित्ने योजनामा हुनेछ । सेमिफाइनलमा बलियो टिम एपीएफ क्लबलाई ३(१ को सेटमा पराजित गरेको गण्डकी निकै आत्मविश्वासी रहेको छ ।
नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा नेपाल पुलिसले तेस्रो स्थान हासिल गरिसकेको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार