मनसुनको प्रभाव परेपछि नेपाल एयरलाइन्सको उडान धकेलियो
इन्द्र रिजाल
जेठ २८, २०७६ बुधबार २:१७:९
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महीनापछि धकेलिएको छ । निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो ।
तर टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकुल रहेको भन्दै निगमले निर्धारित उडान तालिका परिवर्तन गरी आगामी भदौं १२ गते (२९ अगष्ट २०१९) देखि नियमित उडान गर्ने तयारी गरेको छ ।
निगमको ओसाका उडानबारे मन्त्रालय र सञ्चालक समितिलाई जानकारी नगराइएका बारे सहायक प्रवक्ता कोइरालाले निगमको निर्णयबारे अनौपचारिक रुपमा जानकारी गराइएको स्पष्ट पारे । निगमले वाइड बडी ए–३०३० जहाजमार्फत लामो गन्तब्यमा उडान भर्ने योजनाका साथ जापानका विभिन्न गन्तब्यमा उडानका लागि पहल गरेको थियो । शुरुमा अप्रिल महीनामा उडान गर्ने गरी जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) सँग उडान अनुमति मागेको थियो तर अनुमति पाउन सकेन ।
पर्याप्त यात्रु नभएकाले ओसाका उडान तालिका परिवर्तन गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनले भने, “जापानबाट उडान अनुमति पाएपछि आवश्यक तयारीका साथ टिकट बुकिङ खोलियो, एक महीनाको अवधिमा पाँच-सात जना मात्र यात्रु भए, पर्यटकीय सिजन सकिएको र जापान जाने विद्यार्थीले पहिले नै अन्य एयरलाइन्सको टिकट लिइसकेकाले पनि यात्रु कम भएको हुनसक्छ । अब मनसुन सकिएपछि भदौ १२ गतेदेखि ओसाका उडान गर्ने गरी तयारी गरेका छौँ ।”
सहायक प्रवक्ता कोइरालाका अनुसार अहिलेकै अवस्थामा ओसाका उडाउँदा प्रति उडान दुईतर्फी काठमाडौँ–जापान रु एक करोडभन्दा बढी निगमले आर्थिक घाटा बेहोर्नुपर्छ । अगष्ट महीनामा उडान गर्दा निगमलाई राम्रै फाइदा पुग्छ । पर्यटकीय सिजन शुरु हुनका साथै महत्वपूर्ण चाड पर्वको समय पनि भएकाले यात्रुको कमी नहुने निगमको दाबी छ । अगष्टको उडानका लागि अहिले प्रति उडान ७० देखि ८० टिकट बुकिङ भइसकेका सहायक प्रवक्ता कोइरालाले बताए ।
सम्बन्धित ट्राभल एजेन्सिसँग पनि छलफल गरी उनीहरुको सुझावका आधारमा उडान केही पर सारिएको निगमको भनाइ छ । यता ओसाका उडान सरेको विषयमा नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नै बेखबर छ । मन्त्रालयले के कति कारणले निर्धारित उडान स¥यो भनेर ताकेता पनि गरेको छैन । मन्त्रालयका एक उच्च अधिकारीले निगमको ओसाका उडानबारे अनविज्ञता प्रकट गरे । “जापानको ओसाका उडान सरेको बारे पत्रपत्रिका पढेर थाहा पाए । निगम भित्र के हुँदैछ, राम्रोसँग बुझ्न पाएको छैन, सञ्चालक समितिमा पनि यो विषय छलफल भएको छैन”, उनले भने ।
निगमको ओसाका उडानबारे मन्त्रालय र सञ्चालक समितिलाई जानकारी नगराइएका बारे सहायक प्रवक्ता कोइरालाले निगमको निर्णयबारे अनौपचारिक रुपमा जानकारी गराइएको स्पष्ट पारे । निगमले वाइड बडी ए–३०३० जहाजमार्फत लामो गन्तब्यमा उडान भर्ने योजनाका साथ जापानका विभिन्न गन्तब्यमा उडानका लागि पहल गरेको थियो । शुरुमा अप्रिल महीनामा उडान गर्ने गरी जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) सँग उडान अनुमति मागेको थियो तर अनुमति पाउन सकेन ।
पछि जुलाई ४ का लागि उडान अनुमति पायो । त्यसअनुरुप आवश्यक तयारी तीव्र बनाएको थियो । टिकट बुकिङ खुलायो । एक महीनाको अवधिमा काठमाडौँदेखि ओसाका दुवैतर्फ जम्मा पाँचदेखि सात सिट मात्र बुकिङ भयो । उसैपनि घाटा बेहोरिरहेको निगमले थप घाटा खाने गरी तत्काल उडान नगर्ने निर्णय ग¥यो ।
जापानसहितका अन्य लामा गन्तब्यमा निगमका वाइड बडी उडानबारे अझै अन्यौलता रहेको छ । मन्त्रालयका अधिकारीलाई निगमका लामा गन्तब्यमा उडान भर्नेबारे प्रष्ट धारणा छैन । अनेकौ चुनौतीको सामना गर्दा गर्दै पनि निगमले आफ्नो आफ्नो व्यावसायिक योजनालाई भने निरन्तरता दिएको छ । उसले जापानसँगै चीन, साउदी अरेबिया, दक्षिण कोरियालगायत गन्तब्यमा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।
निगमले वाइड बडी जहाज हाल पुराना गन्तब्य भारतको नयाँ दिल्ली, बैङ्गलोर, कतारको दोहा, दुबई र हङकङमा दैनिक १० देखि ११ घण्टा उडान गर्दै आएको निगमले जनाएको छ । निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो ।
काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तरर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार