लमजुङमा पर्यटकीय पदमार्गको निर्माण शुरु
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १३:४०:५४
लमजुङ । लमजुङमा एक पर्यटकीय पदमार्गको निर्माणकार्य शुरु भएको छ । बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने बाटोमा सिँढी निर्माणको काम भइरहेको छ ।
उक्त गाउँबाट मन्दिरसम्म पुग्न ५०० मिटर लामो सिँढी निर्माण भइरहेको वडासदस्य वीरेन्द्र गुरुङले बताए । उनका अनुसार जेठ १२ गतेबाट शुरु भएको उक्त कार्यको करीब १०० मिटर लामो सिँढी र रेलिङको निर्माण भइसकेको छ ।
एक मिटर ६० सेन्टिमिटर चौडाइ रहने सिँढी बालुवा र सिमेन्टले निर्माण गरिरहेको निर्माण समितिका अध्यक्ष तथा पुमागाउँ घरबास व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताए।
निर्माणाधीन सिँढी गण्डकी प्रदेश सरकारको रु १० लाख अनुदान, बेँसीशहर नगरपालिकाको रु साढे एक लाख र स्थानीयवासीको करीब रु तीन लाख बराबरको श्रमदान हुने गरी निर्माण भइरहेको स्थानीयवासी तथा वडासदस्य गुरुङले भने ।
उक्त निर्माणकार्य सम्पन्न गर्नका लागि सो बजेटले आधा मात्रै काम हुने र बाँकी अपुग रकम प्रदेश सरकार, नगरपालिकालगायतसँग माग गरी निर्माण पूरा गरिने समितिले जनाएको छ ।
समितिका अनुसार निर्माणकार्य सम्पन्न गर्नका लागि कम्तीमा पनि रु ५० लाख आवश्यक पर्ने भएको छ । अहिले सहयोग आएको बजेटको काम आगामी असारभित्र सम्पन्न गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको छ ।
घरबासमा आउने पर्यटक उक्त मन्दिरसम्म जानका लागि सहज होस् र मन्दिरको समेत प्रचारप्रसार पुग्ने उद्देश्यले सिँढी निर्माणकार्य भइरहेको छ ।
पर्यटकीय एवं धार्मिकस्थल भएर पनि प्रचारप्रसार हुननसकेको स्थानीयवासीले बताएका छन् । उक्त मन्दिरमा महीनाको शुक्रबार र बुधबार दुई दिन मात्रै पूजाआजा हुने गरेको छ । यहाँ विभिन्न मनोकामना पूरा हुने जनविश्वाससमेत रहिआएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल
बैशाख ३१, २०८१ सोमबार
सगरमाथा आरोहणमा कामीरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार