टेलिकमकाे नयाँ योजना : ३ रुपैयाँ ३ पैसामा फोन गर्न सकिने
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १९:५९:४१
काठमाडौं । नेपाल टेलिकमको सिमबाट ३ रुपैयाँ ३ पैसामा चीनमा कल गर्न सकिने भएको छ। अन्तर्राष्ट्रिय कल सेवा विस्तारसँगै टेलिकमले नयाँ योजना ल्याएको हो। यो अफरअन्तर्गत कल गर्दा अन्य समयको भन्दा २०.८९ प्रतिशत कम शुल्क लाग्छ।
टेलिकमले जारी गरेको विज्ञप्तिमा यो अफरले चीन र नेपालबीच भइरहेको व्यापार व्यवसायमा टेवा पुर्याउनुका साथै द्विपक्षीय भ्वाइस कल सेवा सहज गराउने जनाएको छ।
केही समय अघि कम्पनीले सुरु गरेको चाइना कल अफरमार्फत ग्राहकले भ्वाइस कल सेवा लिँदै आएको टेलिकमले जनाएको छ। यो अफर अफरअन्तर्गत दैनिक, साप्ताहिक र मासिकरुपमा प्याक खरिद गरेर सेवा लिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार दैनिक १० मिनेट भ्वाइस कलको लागि ३५ रुपैयाँ, साप्ताहिक ४५ मिनेट भ्वाइस कलको लागि एक सय ५० रुपैयाँ र मासिक एक सय ६५ मिनेट भ्वाइस कलका लागि पाँच सय रुपैयाँको प्याक प्रयोग गर्न सकिनेछ।
तीनवटा प्याक खरिदमार्फत कल गर्दा ग्राहकले प्रतिमिनेट तीन रुपैयाँ ५० पैसा, तीन रुपैयाँ ३३ पैसा र तीन रुपैयाँ तीन पैसामा सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्याक अफरअन्तर्गत ००, १४२४, १४२५ र १४४५ लगायत सबै अन्तर्रा्ष्ट्रिय एक्सेस कोडमा उपलब्ध रहेको छ।
८१४१५८७३ मा डायल गरी प्राप्त गर्न सकिने सेवाअन्तर्गत दैनिक, साप्ताहिक र मासिक योजनाका लागि क्रमशः डी-चाइना, डब्लु चाइनारएमचाइनाडिफ टाइप गरी १४१५ मा म्यासेज पठाउनुपर्ने कम्पनीले जनाएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार