दुलही रानी कति राम्री हुन्, छुट्याउनै गाह्रो भो मलाई त आकाशकी तारा हुन् कि जुन !
इन्द्र रिजाल
जेठ ३२, २०७६ शनिबार १९:३२:८
काठमाडौं । भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका, नेपालमा लोकदोहोरी गीतको बिकास र प्रबर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालको लोकदोहोरी एल्बम ‘दुलाहा दुलही’ सार्वजनिक भएको छ ।
खनालको सार्वजनिक भएको उक्त पञ्चेबाजाको लोकदोहोरी गीत बिशुद्ध मौलिक र अहिलेसम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अत्यन्त स्तरिय, सुनिरहुँ लाग्ने खालको र सपरिवार सँगै बसेर हेर्न सुन्न मिल्ने प्रकारको छ ।
लोक दोहोरी क्षेत्रका धेरै कलाकारहरुका जन्मदाता, अग्रज कलाकार खनालको यो गीति एल्बममा उनको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा साथ दिएकी छिन अहिलेकी चर्चित लोक गायिका पूर्णकला बिसीले ।
संगीत क्षेत्रका चर्चित हस्ती थानेश्वर गौतमको संगीत र एरेन्जको दुनियाँको अहिलेका माहिर एरेन्जर आसिश अबिरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, निर्देशक र नायक शंकर बिसीले कोरियोग्राफ गरेका छन ।
गीतमा शंकर बिसी र सर्जक खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा लोक दोहोरी क्षेत्रकी सर्बाधिक लोकप्रिय मोडल, डान्सर करिश्मा ढकाल सहितका प्रोफेशनल कलाकारहरुको अभिनय रहेको छ ।
लोकप्रिय र अग्रज हाँस्य कलाकारद्वय किरण केसी र शिवहरी पौडेलको बिशेष अभिनय समेत रहेको खनालको यो पञ्चेबाजाको यो लोक दोहोरी गीत विवाहका बेला र बिबाहको पार्टीमा सदावहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ । शब्द, स्वर, संगीत र एरेन्ज सबै पक्ष अबल छन यो गीतमा ।
को हुन् त रामप्रसाद खनाल ?
रामप्रसाद खनाल त्यस्ता लोक गायक हुन जो सधै अनुशासित, मर्यादित, सामाजिक अनि मौलिक गीत गाउँछन त्यसैले उनलाई पर्खेर बस्छन दर्शक श्रोताहरु । हाल सम्म ४७ वटा एल्बम प्रकाशन गरिसकेका खनालका १२ सय भन्दा बढी गीतहरु प्रकाशित प्रसारित छन ।
नेपाली भाषा, साहित्य, कला, गीत संगीत र पत्रकारिताका क्षेत्रमा लामो समयदेखी कार्यरत खनाल हाल अमेरिका बस्छन तर अमेरिकाबाटै पनि आफ्नो पेशागत कर्म र धर्म जारिराखेका उनको यो गीत अत्यन्त राम्रो र कर्णप्रिय हुने खालको छ । सुन्दै आनन्द आउने, भिडियो हेर्दाहेर्दै नाचौं नाचौं लाग्ने खनालको यो पञ्चेबाजाको लोकदोहोरी गीत सदावहार गीत हुने विश्वाश गर्न सकिन्छ ।
हेर्नुस रामप्रसाद खनालको पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” गीतको भिडियो :
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार