आकाशको फल सरह विश्वमै कडा मानिने सिएफए डिग्रीका लागि एक लाख परीक्षार्थी
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १६:५७:४८
काठमाडौँ । विश्वभर नै चार्टर्ड फाइनान्सियल एनालिस्ट (सिएफए) परीक्षा सुरु भएको छ। अत्यन्तै कडा परीक्षा मानिने सिएफएको परीक्षाफलमा सफलता भने धेरै कमलाई मात्र हात पर्छ।
परीक्षार्थीहरुले ६ घण्टा लगाएर २ सय ४० वटा मल्टिपल च्वाइस प्रश्नको समाधान गर्नुपर्छ र यसमा अधिकांश फेल हुन्छन्।
हरेक बर्ष सिएफए डिग्री लिनका लागि विश्वभरका एक लाख परीक्षार्थीभन्दा बढी परीक्षार्थी सहभागी हुने गर्छन्।
यो परीक्षा दिनुअघि विद्यार्थीहरुले कम्तीमा पनि ३ सय घण्टा पढेका हुन्छन्। तर परीक्षामा यसको पास रेट जम्मा ४० देखि ५० प्रतिशतमात्र छ।
फाइनान्स सेक्टरमा तीनवटा सिरिजको यो परीक्षालाई अति नै कठोर परीक्षा मानिन्छ जसमा ५० प्रतिशतले पनि पहिलो लेभल पास गर्न सक्दैनन्।
‘धेरै विद्यार्थीका लागि सिएफए प्रोग्रामको परीक्षा कठिन समस्या नै हो।’ सिएफए इन्स्टिच्यूटका परीक्षा विकास निर्देशक एलेक्स किङले भने। फाइनान्सियल इन्डस्ट्रीको पनि विशेष क्षेत्रमा काम गर्न चाहनेहरुका लागि यो कोर्स डिजाइन गरिएको हो।
सिएफए चार्टर होल्डर हुनु इन्भेष्टमेन्ट म्यानेजमेन्टमा करियर बनाउन चाहनेहरुकालागि अत्यन्त ठूलो उपलब्धी हो। यसैले यसमा ब्यबस्थापनमा उम्दा युवा पुस्ताको झुकाव देखिएको छ।
नेपालबाट पनि यस परीक्षामा युवाहरु सहभागी छन्। सिएफएको ुटफ टेस्टुमा भाग लिएका उनीहरु यस विषयको अन्तिम परीक्षा दिँदैछन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार