कृषि वन विज्ञानका प्राध्यापकले दिए आन्दोलनको चेतावनी
इन्द्र रिजाल
असार ३, २०७६ बुधबार ०:६:१५
काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुले विश्वविद्यालयले निजी कलेजलाई सम्वन्धन दिने विषयमा गरेको गतिविधिप्रति आपत्ति जनाउदै उक्त प्रकृया नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मङ्गलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले सर्वोच्च अदालतको फैसला नआउदासम्म नीजि कलेजका सम्बन्धमा कुनैपनि बहानामा विश्वविद्यालय प्रशासनमार्फत हुने गतिविधिहरु आफुहरुलाई स्वीकार्य नहुने बताएका हुन् ।
पत्रकार सम्मेलनमा नेपाल प्रगतिशिल प्राध्यापक संगठनका कार्यबहाक अध्यक्ष उदितप्रकाश सिग्देल र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सचिव शंकरराज बर्सिलाले हस्ताक्षर गरेको विज्ञप्तिमा‘विश्वविद्यालयको छवि, गरिमा तथा शैक्षिक गुणस्तर ह्रास हुने कृयाकलाप अगाडी नबढाउनु हुन विश्वविद्यालय नेतृत्व लगायत सम्बन्धित सवैमा जानकारी गराउछौं । यदि हाम्रा सरोकारका विषयप्रति गम्भिर भइ सकारात्मक रुपमा समस्या समाधानतर्फ विश्वविद्यालय नबढे हामी सशक्त आन्दोलनमा अगाडी बढ्ने प्रतिवद्धता गर्न चाहान्छौ’ भनिएको छ ।
विगत चार बर्षदेखि विश्वविद्यालयमा नीजि सम्बन्धनको विरोधमा आन्दोलन हुँदै आएको छ । अदुरदर्शी र गैरजिम्मेवार नेतृत्वका कारण नीजि सम्बन्धनको गोलचक्करमा विश्वविद्यालय परेको प्राध्यापकहरुको गुनासो छ ।
सम्बन्धनको विषयमा विवाद उत्पन्न भइ सर्वोच्च अदालत पुगेपछि पछिल्लो चरणमा अग्राधिकार पाई विचाराधीन रहेको र निकट भविश्यमा अन्तिम पेशी समेत परेको अवस्थामा विश्वविद्यालय आफैंले पटक–पटक सुचना प्रकाशित गरी नीजि कलेजका लागि कुनैपनि भर्ना प्रकृया तथा कक्षा सञ्चालन नगर्न निर्देशन दिइसकेको अवस्थामा समेत विभिन्न बहाना बनाई नीजि कलेजले विद्यार्थी रजिष्ट्रेशनका निमित्त दवाव दिइरहेको र सो अनुरुप विश्वविद्यालयलमा प्रकृया अगाडि बढेको प्राध्यापकहरुको भनाई छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान
जेठ ७, २०८१ सोमबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार