एक वर्षको भाडाले भवनको पूरै लगानी उठ्दै
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार २०:३३:४८
चितवन । भरतपुर नागरिक उड्डयन कार्यालयको चौबिसकोठी तर्फको झाडी फाँडेर बनाएको दुईतले व्यावसायिक भवनको एक वर्षको भाडाले पूरै लागत उठ्ने भएको छ । प्रयोगविहीन भएको जमीनलाई व्यवस्थित गरी रु दुई करोडको लागतमा निर्माण गरिएको भवन बोलपत्रमार्फत एक वर्षको रु दुई करोड आउने गरी भाडामा लागेको छ ।
कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार तीन वर्षका लागि न्यूनतम रु ७८ लाख राखेर बोलपत्र आह्वान गरिएकामा एउटा फमले तीन वर्षमा रु छ करोड तिर्ने गरी बोलपत्र सकार गरेको छ । अपेक्षाभन्दा निकै बढी भाडा उठ्ने भएको गौतमले बताए।
दुईतले सो भवनको एक तलामा २२ वटा कोठा रहेका छन् । बोलपत्रका लागि ६० वटा फमले फारम लगेकामा ३८ वटाले बोलपत्र पेश गरेका थिए । तीन वर्ष लगाएर बनाइएको सो भवन ९८० स्क्वायर मिटर फराकिलो छ । अधिकांशले ठूलो रकम राखेर प्रतिस्पर्धा गरेको गौतमले जानकारी दिए ।
पश्चिम चितवन र पूर्वी चितवन जाने मुख्य चोक भएकाले भाडा रकम धेरै उठ्ने भएको हो । विगतका वर्षमा सरकारी जमीन मिलेमतोमा बोलपत्र मिलाएर कम रकममा भाडामा लगाइने गर्दथ्यो । पछिल्लो समय विद्मुतीय पद्धतिबाट बोलपत्र आह्वान (इ विडिङ) गर्न शुरु गरेपछि सरकारी जमीन र भवनको भाडा धेरै उठ्ने गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
तपाइहरु आजै मिल्नुसः सभामुख
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
आगलागी नियन्त्रणमा पूर्वतयारी
बैशाख ३१, २०८१ सोमबार
जसपाले गरायो सभामुखलाई समर्थन फिर्ताको जानकारी
बैशाख ३१, २०८१ सोमबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार