रामेछापको मन्थलीमा सिलिण्डर ग्यास विस्फोट, बजार आसपासको क्षेत्रमा त्रास
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १६:१६:१४
रामेछाप । नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले मन्थली बजार क्षेत्र नजिकै सिलिण्डर ग्यास विस्फोट गरेका छन्।सोमबार राति २ बजे सिलिण्डरमा आगो लगाई विस्फोट गराएको प्रहरीले जनाएको छ।
विस्फोट पश्चात विस्फोट स्थलको निरीक्षण गर्दा टायरमा आगो बालेर ग्यासको सिलिण्डर राखेर विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए।
मानव बस्ती भन्दा पर पाखाको क्षेत्रमा विस्फोट गराएकाले कुनै क्षति नभएको भट्टराईले जानकारी दिए। विस्फोटपछि मन्थली बजार आसपासको क्षेत्रमा त्रास फैलिएको छ। प्रहरीले समेत विहानै देखि उच्च सुरक्षा सर्तकता अपनाएको छ।
विप्लवको बन्दको प्रभाव जिल्लाभरको जनजीवन प्रभावित भएको छ। लामोदूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने छोटादूरीको सवारी साधन समेत आंशिक चलेका छन्।
जिल्लामा रहेका क्याम्पसहरुको बिहानी कक्षाको पढाइ प्रभावित बनेको छ। पसल व्यवसायहरू छिटफुट खुलेका छन्। यातायात सञ्चालनमा प्रहरीले स्कर्टिङको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार