बर्दियाको सदरमुकाममा बम फेला, गुलरिया बासिन्दा त्रसित !
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १८:१६:४६
बर्दिया । बर्दियाको सदरमुकाम गुलरियामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको क्रममा दुई ठाउँमा बम फेला परेको छ । सदरमुकाम गुलरियास्थित डिभिजन वन कार्यालय नजिक र पूर्व–पश्चिम हाइवेमा प्रेसर कुकर बम भेटिएको हो ।
गुलरियाको मुख्यचोकबाट करिब दुई किलोमिटर पश्चिममा रहेको वन कार्यालय अगाडि र हाइवेमा राखिएको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
गुलरियामा राखिएको प्रेसर कुकरमा विष्फोटक पदार्थ रहेपनि हाइवेमा राखिएको कुकरमा माटो राखिएको थियो । सदरमुकाममै बम राखेपछि गुलरिया बासिन्दा त्रसित भएका छन् ।
बन्दका कारण स्थानीय जनजीवनमा आंशिक प्रभाव पारेको छ । नेपालगञ्जबाट लामो दूरीका सवारी साधन चलेका छैनन् । छोटो दूरीका साना सवारी साधन भने चलेका छन् । विद्यालय बन्द भएका छन् । बजार र कलकारखानामा आंशिक प्रभाव परेको छ ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जिल्लामा कुनै प्रकारको अप्रिय घटना नभएको बताएका छन् । नेपालगञ्ज बजारमा अरुबेलामा भन्दा सुरक्षाकर्मी बढाइएको छ । चोकचोकमा नेपाल र सशस्त्र प्रहरीको तैनाथी रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार