प्रकाश सपुतलाई अपमान गर्नेलाई कारवाहीको माग
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार १९:९:३१
काठमाडौँ । गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।
“नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ अनुसार कारवाही गर्न नेपाल सरकारसमक्ष माग गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ । जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जालमा विचार, टिप्पणी नराख्न पनि समाजले सबैसँग आग्रह गरेको छ । “कहीँ कतैबाट सामाजिक सद्भाव भड्किने खालका गतिविधि हामीलाई मान्य छैन”, समाजका संयोजक ताराबहादुर विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
गायक तथा सर्जक सपुतको मौलिक लोकदोहोरी गीत ‘गलबन्दी’ को लय गायक शम्भु राईको देउसीभैलो गीतको लयसँग मिलेको भन्दै केही साताअघि विवाद बाहिर आएको थियो । गायक तथा सङ्गीतकार राईले सपुतलाई लय चोरीको आरोप लगाउँदै आएका छन्। सोही विषयलाई लिएर सपुत र राईको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । जातीय विभेद झल्कने गरी सपुतमाथि गरिएको दुव्र्यवहारको विषय ससंद्मा समेत पुगेको थियो ।
सासंद एवम् नेपाली कांग्रेसका नेता मिन बहादुर विश्वकर्माले उक्त घटनाप्रति आपत्ति जनाउँदै कानूनी कारवाहीको माग गरेका थिए । बागलुङको धम्जामा जन्मिएका गायक सपुत र शान्ति श्री परियारले गाएको लोकदोहोरी गीत ‘गलबन्दी’ अहिले सर्वाधिक चर्चामा छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार