भुक्तानी भन्दा पहिले ५० प्रतिशत भ्याट राजस्व खातामा पठाउन कोलेनिकालाई परिपत्र
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार २०:४९:१२
काठमाडौं।महालेखा नियन्त्रकको कार्यालय (मलेनिका)ले सबै कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) लाई सरकारी निकायको ठेक्का, परामर्श शुल्क तथा सामान आपूर्तिको रकम भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट)को ५० प्रतिशत कटौती गरेर मात्रै पैसा भुक्तानी दिन परिपत्र गरेको छ।
मंगलबार साँझ सम्पूर्ण कोलेनिकालाई परिपत्र गर्दै मलेनिकाले आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक र आफूबीच भएको छलफलका आधारमा संशोधित भ्याट नियमावली कार्यान्वयन गर्न भनेको छ।
मलेनिकाले गरेको परिपत्रअनुसार भ्याट दाखिला गर्दा बिलको भुक्तानी प्राप्त गर्ने निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायक जुन कर कार्यालयमा दर्ता भएका भएका छन् त्यसैको नामा चेक तयार गर्नुपर्नेछ। यसका लागि भुक्तानी आदेश पठाई सम्बन्धित कोलेनिकाबाट चेक प्राप्त गर्ने परिपत्रमा उल्लेख गरिएको छ। तर बिल भुक्तानी गर्ने कार्यालयले नै चेक जारी गर्ने अवस्थामा भने आफैँले भ्याट को ५० प्रतिशत राजस्व खातामा दाखिला गराउनुपर्ने परिपत्रमा भनिएको छ। सरकारी निकायले नै निर्माण व्यवसायी वा आपूर्तिकर्ता वा परामर्शदाता वा सेवा प्रदायकको नाममा सम्बन्धित कर कार्यालयको बैंक खातामा जम्मा गरिदिनुपर्ने पनि परिपत्रमा उल्लेख छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटसँगै ल्याएको आर्थिक ऐनमार्फत मूल्य अभिवृद्धि कर नियमावली संशोधन गर्दै सरकारी ठेक्कामा निर्माण व्यवसायीले तिर्नुपर्ने भ्याटको ५० प्रतिशत रकम सम्बन्धित कार्यालयले राजस्व खातामा जम्मा गरेपछि मात्रै बाँकी रकम भुक्तानी दिनुपर्ने व्यवस्था गरेको थियो। त्यसैअनुसार मलेनिकाले सबै कोलेनिकालाई परिपत्र गरेको हो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको अवरोध हटाउनेबारे छलफल
जेठ २, २०८१ बुधबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार