एसईईको नतिजा बिहिबार प्रकाशित हुने, एक दुई वटा विषयमा आज कपी रुजु गर्ने काम जारी
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार २२:९:३२
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (भोलि) प्रकाशित गर्ने भएको छ ।
आज सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो । ‘हामी तयारी गर्दैछौं सम्भवत बिहीबार भोलिसम्ममा परीक्षाफल प्रकाशित हुने बोर्डका नियन्त्रक बिष्णु प्रसाद अधिकारीले जानकारी दिए ।
परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको छ भोलि राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको अधिकारीले बताए । अहिले पनि ‘केही विद्यार्थीले एक/दुई वटा विषयमा कम अंक ल्याएको देखिएकाले उनीहरूको कपी रुजु गर्ने काम भइरहेको अधिकारीले बताएका थिए ।
बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यो वर्षबाट पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्न लागिएको जानकारी दिए । गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए । पनिकाले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो । जीपीए जाँच्नुपर्ने र केही त्रुटि देखिएमा सच्याउनुपर्ने भएकाले सबै तयारी पुरा गरेर नतिजा आउने उनको भनाइ छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार