खराब मौसमका कारण मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना : जाँचबुझ आयोग
इन्द्र रिजाल
असार ११, २०७६ बिहिबार ३:११:३१
काठमाडौं । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाको मुख्य कारण ‘खराब मौसम’ रहेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ ।
आयोगका संयोजक यज्ञप्रसाद गौतमले बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रारम्भिक प्रतिवेदनले उक्त हेलिकप्टर दुर्घटनाको मुख्य कारण एकाएक बिग्रिएको मौसम नै भएको उल्लेख गरेको छ । गत फागुन १५ गते पर्यटनमन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर ताप्लेजुङ्गको पाथीभरा क्षेत्रमा पर्ने सिस्नेभीरमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा नागरिक उड्डयन प्राधिकरणका उपामहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धुव्रदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसपचिव युवराज दाहाल, यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ्ग शेर्पा, पर्यटन मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर पाइलट प्रभाकर केसीको निधन भएको थियो ।
जाँचबुझ आयोगका संयोजक गौतमले उक्त घटनाको अनुसन्धान घटनास्थलको भीडियो, तस्बिर विश्लेषण गर्दै स्थानीय प्रहरी, घासी, दाउरे, मन्दिरका जोगी, पुजारीसँग अन्तर्क्रियाका आधारमा यस्तो निर्ष्कषमा पुगेको बताए । जाँचबुझ समितिले गरेको अध्ययन अनुसार हेलिकप्टर दुर्घटना हुनुको मुख्य कारण खराब मौसम नै रहेको देखिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार