मालुङ्गा हत्या प्रकरण : महिलामाथि शिक्षककाे हातपात, स्थानीय प्रशासन र प्रहरी किन माैन ?
इन्द्र रिजाल
असार १३, २०७६ शनिबार ०:५६:३४
स्याङ्गजा । गल्याङ्ग नगरपालिका वडा नं १ का महिलाहरु यतिबेला न्याय चाहियो भन्दै कहिले प्रहरी कार्यालय धाएका छन् त कहिले ठाँउ ठाँउमा विरोधका कार्यक्रम गर्दै न्यायका लागि लडिरहेका छन् । उनीहरु यसरी प्रस्तुत हुनुको मुख्य कारण हो, गत जेठ १३ गते गल्याङ्ग नगरपालिका वडा नं १ को मालुङ्गा भेडावारीमा भएको सीता बस्यालको रहस्यमयी मृत्यु ।
शुक्रवार पनि मालुङ्गाको अर्बाैदीमा पिडित पक्षले न्यायका लागि भन्दै एक सभा ग¥यो । सभामा उपस्थित थिए वडाका सम्पुर्ण जनप्रतिनिधि र घटनासँग सम्बन्धित अनि सरोकारवाला आम जनमानस । भेलामा एउटै कुरा सुनिन्थ्यो, वडा नं १ का वडाध्यक्ष गणेशप्रसाद बस्यालबाट न्यायका लागि असहयोग भयो। यत्तिकैमा स्थानीय शिक्षक दया बस्यालले मृतक सीता बस्यालका श्रीमान् सोमनाथ बस्यालमाथि हातपात प्रयास गरेको र महिलाहरुले निजलाई कारवाही गर्नुपर्ने भन्दा निज शिक्षकले महिलाहरुमाथि समेत हातपातको प्रयास गरेको बताएका छन् ।
सोही क्रममा लोक बस्याल भन्ने एक स्थानियले विवाद सिर्जना गरेपछि महिलाहरुले उनलाई ‘के गर्छस’ भनेर कराएपछि भिडबाट भागेको र तुरुन्तै भेलामा विवाद गरेर वडाध्यक्ष बाहिरिएको एक महिलाले बताइन् । तर यता वडाध्यक्ष बस्यालले भने ‘न्याएका लागि म कटिबद्ध छु तर आफु लगाएत वडा सदस्यहरु समेतको अपमान गरेको हुदा म यो सभामा बस्न सकिन’ भन्दै बाहिरिएको बताएका छन् ।
सीता बस्याल गत जेठ १३ गते विहान आफ्नै घरको कोठामा झुण्डिएर मृत अवस्थामा फेला परेकी थिइन् । घटना मृत्यु नभई हत्या भएको भनी सोहि स्थानमा घर भै बस्ने केसरी बस्याल विरुद्ध हत्यामा संलग्न रहेको आशंकामा मृतकका आफन्तले मुद्धा दायर गरेका छन् भने निज केशरी बस्याल वडा प्रहरी कार्यालय वालिङ्गको नियन्त्रणमा रहेकी छन् ।
मृतक सीता बस्यालका श्रीमान सोमनाथ बस्याल भन्छन्, ‘‘मेरो श्रीमतीको लास मलाई नै खबर नगरी जलाइयो, घटना सुनियोजित रुपमा गरिएको आत्माहत्या नभई हत्या हो । प्रशासन र प्रहरीले न्याएका निमित्त ढिलासुस्ती गरेको छ । म न्यायका निम्ती कहाँ जाउ ? यति भन्दै उनी भावविह्वल भए ।
भेलामा उपस्थित अधिकांशले यो घटना सुनियोजित हत्या भएको र प्रशासनले अनुसन्धान भइरहेको मात्र भन्ने गरेको साथै अनुसन्धानमा ढिलाई समेत गरेको बताएका छन् । यता अनुसन्धानको प्रकृया चलिरहेको र अनुसन्धान भइरहेको एवम् किटानी जाहेरीका आधारमा केशरी बस्याललाई वडा प्रहरी कार्यालय वालिङ्गमा नियन्त्रणमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रवक्ता नविन कृष्ण भण्डारीले नेपाल बहसलाई बताए । मृतक सिता बस्यालका एक श्रीमान् दुई छोरा र एक छोरी रहेका छन् । केशरी बस्याल नेकपाका वडा सचिव ऋषी बस्यालको श्रीमती हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
होस गरौँ, एआईले लाखौंलाई बनाउँदैछ बेरोजगार
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार