नेपाल पुनर्बीमाले १६० करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने, सबैभन्दा सुरक्षित रेटिङ
इन्द्र रिजाल
असार १४, २०७६ आइतबार २:२६:५०
काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न क्रेडिट रेटिङ गराएको छ। इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा सबैभन्दा सुरक्षित जनाउने ‘इक्रा एनपी आइपिओ ग्रेड २’ प्राप्त गरेको हो।
कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि साधारणसभाबाट पारित गरिसकेको छ। प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिका लागि निवेदन दिन बाँकी छ।
कम्पनीमा शत प्रतिशत संस्थागत शेयरधनी भएकाले पनि राम्रो रेटिङ पाएको देखिन्छ। संस्थागत लगानीकर्ताका साथै नेपाल सरकारको ४४ प्रतिशत शेयर हिस्सा रहेको छ।
रेटिङ गर्दा कम्पनीको संस्थापक सञ्चालक तथा व्यवसायलगायतका विषयलाई हेरिन्छ। जसमा सबै पक्ष राम्रो भएकोले पनि कम्पनीले सबैभन्द राम्रो रेटिङ प्राप्त गरेको हो। नेपालका बीमा कम्पनीले आफ्नो बीमा व्यवसायको २० प्रतिशत जोखिम नेपाल पुनर्बीमा कम्पनीमा गर्नै पर्ने नियमले पनि नेपाल पुनर्बीमा कम्पनीको व्यवासायिक जोखिम कम देखिन्छ।
व्यावसायिक जोखिम कम हुँदै गर्दा कम्पनीले दिन सक्ने प्रतिफल पनि राम्रो हुने हुँदा रेटिङ राम्रो आएको हो। विगत तीन वर्षको व्यवसाय हेर्दा बीमा शुल्क आर्जन स्वस्थ देखिएको छ। त्यसमा पनि नेपालमा पुनर्बीमा कम्पनी एउटा मात्रै रहेको हुँदा कम्पनीलाई प्रतिस्पर्धात्मक जोखिम छैन।
कम्पनीले सबैभन्दा धेरै मोटर बीमाको जोखिम ३९ प्रतिशत लिएको छ। त्यस्तै अग्नि बीमाको २३ प्रतिशत, ११ प्रतिशत इन्जिनियरिङ र १० प्रतिशत म्यादी जीवन बीमाको जोखिम लिएको एजेन्सीले जनाएको छ।
नेपाल पुनर्बीमा आएसँगै जोखिम बहन क्षमता बढेको छ। कम्पनीले जोखिम हस्तान्तरणको लागि वार्षिक चार करोड रुपैयाँ प्रिमियम भुक्तानी गरेको छ। जसमा मोटर बीमाको लागि मात्रै १५ करोड रुपैयाँ भुक्तानी गरेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार