विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग
इन्द्र रिजाल
असार १९, २०७६ बिहिबार १५:१७:६
मुग्लिन । चितवनको इच्छाकामना–२ विकटमा रहेको आधारभूत राष्ट्रिय विद्यालय ‘कक्षा १ देखि कक्षा ८ सम्म’ मायाटारका २२० विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र साबुन सहयोग प्राप्त भएको छ ।
इको सोप बैंक, ङिस्याङ मनाङ वमेन सोसाइटी स्वयम्भू काठमाडौँ, मनाङ समाज सेवा समिति स्वयम्भू काठमाडौँ र मनाङ मस्र्याङ्दी क्लब स्वयम्भू काठमाडौँले संयुक्तरूपमा बुधबार विद्यालयमा पुगेरै सहयोग गरेका हुन् ।
कार्यक्रममा इको सोप नेपालले विद्यार्थीलाई हात धुने तरिकासमेत सिकाएको थियो । इको सोपले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा विकट बस्तीको विद्यालयमा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक नरेन्द्र लामिछानेले बताए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमबहादुर चेपाङले विद्यालयमा बालबालिका खाली खुट्टा र फाटेको कपडामा विद्यालय आउन बाध्य रहेका बेला सहयोग प्राप्त भएकामा खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यवाद दिए । उनले विद्यालयमा ७५ प्रतिशत चेपाङ बालबालिका अध्ययनरत रहेको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार