मापदण्ड विपरीत सञ्चालित बालगृहबाट नौ बालबालिकाको उद्धार
इन्द्र रिजाल
असार १९, २०७६ बिहिबार १९:५१:५९
काठमाडौं । मापदण्ड विपरीत सञ्चालित बालगृहबाट नौ बालबालिकाको उद्धार गरिएको छ । बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’ विपरीत जोखिमपूर्ण अवस्थामा राखेको पाइएपछि केन्द्रीय बालकल्याण समितिले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोल महिला समाज नामक संस्थाबाट चार बालक र पाँच बालिकाको उद्धार गरेको हो ।
समितिले समाज कल्याण परिषद्, स्थानीय प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्र, चाँगुनारायण नगरपालिकाका प्रतिनिधि र विभिन्न सङ्घसंस्थाको समन्वय र सहकार्यमा उद्धार गरिएको समितिका प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए। ती बालबालिका ४ देखि १४ वर्ष उमेर समूहका छन् ।
हुम्ला जिल्लाका ती बालबालिकालाई अध्ययनका लागि विभिन्न व्यक्तिमार्फत सो संस्थामा पु¥याइएको थियो । बालबालिकालाई उक्त मापदण्ड विपरीत जोखिमपूर्ण अवस्थामा राखेको, उचित खानपान तथा आवासको प्रबन्ध नगरेको पाइएकाले हाल अल्पकालीन संरक्षणको व्यवस्था गरिएको उक्त समितिले जनाएको छ । उक्त समितिले अन्य बालगृहसमेत अनुगमन गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार