जनचेतना बढ्दै गएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे
इन्द्र रिजाल
असार २०, २०७६ शनिबार २:१८:११
मुग्लिन । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामनामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा जनचेतना बढ्दै गएपछि यहाँ हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि हुदैँ गएको हो ।
गाउँपालिकाभित्र रहेका पाँचवटा स्वास्थ्यचौकीमा गत आर्थिक वर्ष २०७४/७५ मा १३२ जनाले सुत्केरी गराएको गाउँपालिकाका स्वास्थ्य प्रमुख धनकुमार खड्काले जानकारी दिए । खड्काका अनुसार उक्त आर्थिक वर्षमा ५१६ जनाले पहिलो गर्भ जाँच गराएका थिए । भने नियमित चार पटक १४० जनाले गर्भ जाँच गराएका थिए । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो ।
यसैबीच आर्थिक वर्ष २०७५/७६ को साउनदेखि चैत मसान्तसम्मको नौ महीनामा ७९ जनाले स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । त्यस्तै ३४० पहिलो गर्भ जाँच गराएकामध्ये १४० जनाले भने चार पटक गर्भजाँच गराएका थिए । खड्काका अनुसार गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा गर्भजाँच गराएकामध्ये केहीले भरतपुरलगायत अन्य स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेका छन् ।
पछिल्लो समयमा स्वास्थ्यचौकीमै गएर सुत्केरी गराउनुपर्छ भन्ने जनचेतना र स्वास्थ्यचौकीले दिने २४ घण्टे सेवाका कारण स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको सङ्ख्यामा बढेको खड्काले बताए ।साथै स्वास्थ्य संस्थामा गर्भवती गराउनेलाई गाउँपालिकाले हर्लिक्स र सुपको निःशुल्क व्यवस्था समेत गरेको छ । स्वास्थ्य संस्थामा छोरी जन्माउनेलाई बैँकमा खाता खोली रु १० हजार रकम जम्मा गर्ने व्यवस्था गरेको छ ।
वडा न ४ पूर्ण संस्थागत सुत्केरी
वडा न– ४ पूर्ण संस्थागत सुत्केरी वडा भएको छ । सरकारले तोकिएको मापदण्ड पूरा गरेपछि पूर्ण संस्थागत सुत्केरी वडा भएको हो । दारेचोक स्वास्थ्य चौकीका इन्चार्ज हरि देवकोटाका अनुसार आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठ महीनासम्म यस वडामा १३१ मध्ये ६ जनाले मात्र घरमै सुत्केरी गराएको पाइएको छ ।
यो संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा ९५.५ प्रतिशत हो ।पूर्ण संस्थागत सुत्केरी घोषाणा गर्न ९५ प्रतिशतले स्वास्थ्य संस्थामा सुत्केरी गराएको हुनुपर्ने छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार