नेपालमा मनसुन सक्रिय हुन अझै एक साता लाग्ने, पानी नपर्दा किसानलाई असर !
इन्द्र रिजाल
असार २१, २०७६ शनिबार १४:५६:९
काठमाडौं । नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ । गत वर्षभन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यभारतमा रहेको मनसुन पश्चिम नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गाले मनसुन अहिले निष्क्रिय अवस्थामा रहेको बताउदै सक्रिय हुन अझै केही दिन लाग्ने उल्लेख गरे । तत्काल झमझम पानी पर्ने सम्भावना देखिन्न भन्दै प्रधानाङ्गले मध्यभारतमा रहेको न्यून चापीय क्षेत्र बिस्तारै माथि सरिरहेको प्रस्टाए।
गत वर्ष असार तेस्रो साता भारी वर्षा भएको थियो तर यस वर्ष मनसुन ढिला गरी नेपाल प्रवेश गरेकोमा पोहोरको अपेक्षामा सक्रिय हुन समय लागेको महाशाखाका अर्का मौसमविद् शान्ति कँडेल बताउछन् ।
उनले एकनासले सबैतिर पानी पर्ने सम्भावना नरहेको भन्दै खण्ड–खण्डमा सामान्य रूपमा क्षणिक वर्षा हुने सम्भावना देखिएको बताए । मनसुन सक्रिय हुन आवश्यक ‘म्याइस्चर’ अझै आइसकेको छैन ।
कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले समयमै मनसुन सक्रिय भएर भारी वर्षा नहुँदा मध्यपहाडी क्षेत्रमा धान लगाउन ढिला भएको बताए । गत वर्ष असार १५ सम्म २० प्रतिशत धान रोपाइँ भएको थियो ।
यस वर्ष असार २० गतेसम्म १५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने मध्य तथा पूर्वी मधेसका जिल्लामा भने हालसम्म ११ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
वार्षिक १४ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । पचास प्रतिशत क्षेत्रफल झापादेखि पर्सासम्मको मध्य तथा पूर्वी मधेसका ११ जिल्लाले ओगटेको छ ।
मध्य पहाडी भू–भागमा असार अन्तिमसम्म रोपाइँ गरिन्छ तर असार अन्तिमसम्म पर्याप्त वर्षा नभएको र तत्कालै पर्ने सम्भावना नहुँदा उत्पादनमा असर पर्न सक्ने प्रवक्ता सुवेदीले आँकलन गरे । मध्यपहाडी क्षेत्रले नेपालमा धान खेतीको कुल एक चौथाइ भू–भाग ओगट्छ ।
मध्य तथा पूर्वी र भित्री मधेसका जिल्लामा भने धान रोप्न अझै ढिला भइसकेको छैन । कृषि विभागका प्रवक्ता डा। रामकृष्ण श्रेष्ठका अनुसार साउन १५ सम्म रोपाइँ चल्ने हुँदा साउन पहिलो सातासम्म भारी वर्षा हुँदा उक्त क्षेत्रको उत्पादनमा खासै असर पर्दैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार