ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो
इन्द्र रिजाल
असार २६, २०७६ बिहिबार १८:१५:१२
ललितपुर । ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना दिनानुदिन बढ्दै गएको छ । ललितपुरमा सुगमभन्दा बढी विकट क्षेत्र रहँदा सचेतना अभावका कारण यस्ता घटना बढ्दै गएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले बिहीबार आयोजना गरेको ‘ललितपुरमा मानवअधिकारको अवस्था’ विषयक कार्यक्रमा सहभागीले यस कुराको जानकारी गराएका हुन् । इन्सेक प्रदेश नं ३ का प्रलेख अधिकृत ज्योति शर्माका अनुसार सन् २०१७ भित्र मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ६४ महिला र सात पुरुष गरी ७१ जना पीडित भएका थिए ।
उनले भने, “सन् २०१८ मा ४९ महिला र पाँच पुरुष गरी ५४ व्यक्ति ललितपुरमा पीडित भएका थिए ।” सो वर्ष कुटपिटबाट एक, पक्राउबाट दुई र धम्कीबाट एक पुरुष पीडित भएका थिए भने जातीय भेदभावबाट एक र हत्याबाट एक महिला पीडित भएको बताइएको छ ।
सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्मको छ महीनाको समीक्षा अवधिसम्म इन्सेक ललितपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार बलात्कारका २८, यौन दुव्र्यवहारका पाँच, कर्तव्य ज्यानका २१, ज्यान मार्ने उद्योगका सात, मानव बेचबिखन तथा ओसारप्रसारको एक र राज्यविरुद्धको अपराधका चार गरी ६६ वटा जघन्य अपराधका घटना जिल्ला अदालत ललितपुरमा दर्ता भएका छन् ।
त्यसैगरी, ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले अनुसार बहुविवाह नौ र सम्बन्धबिच्छेदका २३८ गरी २४७ मुद्दा दर्ता भएको जानकारी दिए । महानगरीय प्रहरी परिसर जावलाखेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इञ्चार्ज शान्ता वाइवाले ललितपुरमा एक हजार ३०० प्रहरी कार्यरत रहेको जानकारी दिए ।
वाइवाले भने, “३०० प्रहरी बिदा र बिरामीका कारणले अनुपस्थित हुन्छन् भने बाँकी एक हजार कार्य क्षेत्रमा खटिएका हुन्छन्, अनि कसरी ललितपुरको दुर्गम क्षेत्रमा गएर तत्काल समस्या समाधान गर्न सकिन्छ रु”
महिला अधिकारकर्मी रोशनी कार्माचार्यले ललितपुरमा मानवअधिकारको सुरक्षा अवस्था फितलो भएकाले त्यसमा ध्यान दिन आग्रह गरिन्। गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष टीकाराम दाहालका अनुसार दैनिक सरसफाइमा काम गर्ने श्रमिकलाई समाजले फोहरमैला आयो भन्नेजस्ता नकारात्मक शब्द प्रयोग गर्दा उनीहरुको अधिकार कुण्ठित भएको बताए ।
मानवअधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीका अनुसार समाजमा सामाजिक सद्भाव र एकताका लागि नैतिक शिक्षाको थप प्रभावकारितामा जोड दिनुपर्ने बताए । इन्सेक ललितपुरका प्रतिनिधि दीपकप्रसाद घिमिरेले ललितपुरका सार्वजनिक निकायले आफ्ना गतिविधिको कमीकमजोरी सुधार गर्दै सञ्चारमैत्री वातावरण सिर्जना गर्नुपर्ने खाँचो औँल्याएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार