ब्रेन ट्युमरबाट पिडित बिरामीको सहयोगमा बगनासकाली
इन्द्र रिजाल
असार २६, २०७६ बिहिबार २२:५५:४३
काठमाडौं । करिब एक महिनादेखि वीर अस्पताल काठमाडौंमा उपचाररत पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ८ का हरिप्रसाद भुसाललाई गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले दुई लाख दश हजार सात सय त्रिहत्तर रुपैया हस्तान्तरण गरेका छन् ।
३३ बर्षिय हरिप्रसाद भुसाल गत एक महिनादेखि वीर अस्पताल काठमाडौंमा भर्ना भई उपचार गराइरहेको र उनको दुई वटा अप्रेशन समेत सम्पन्न भएको छ ।
विभिन्न कामको सिलसिलामा अमेरिकामा रहेका रामप्रसाद बस्याल र विष्णु बस्यालको सक्रियतामा दुइ लाख एक हजार सात सय त्रिहत्तर रुपैया संकलन गरि आफुलाई पिडित परिवारलाई हस्तान्तरण गर्न भनि पठाइदिएको गाँउपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिएका छन् ।
संकलित रकम हस्तारण गर्दै गाउँपालिका अध्यक्ष बस्यालले अमेरिकामा रही सहयोग रकम संकलन गरि पठाउने सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेका थिए । आर्थिक अभावका कारण उपचार नपाई कोहीपनि मर्न नहुने बताउदै ब्रेन ट्युमर जस्तो घातक रोगबाट पिडित हरि भुसालको पिडामा आफुले सक्दो मलम लगाउने प्रतिबद्धता ब्यक्त गरे साथै पिडित परिवार आर्थिक अभावमा परेको कारण सबैले आ-आफ्नो ठाँउबाट सहयोग गर्न अपिल समेत गरेका छन् ।
उक्त सहयोगबाट आफुहरु खुशी रहेको पिडित हरिप्रसाद भुसाल र उनकी श्रीमती लक्ष्मी भुसालले बताए साथै आफुहरु सदैव आभारी रहने भन्दै गाउँपालिका अध्यक्ष, अमेरिकाबाट सहयोग पठाउनुहुने सम्पुर्ण महानुभाव र सहयोगी, होटल क्राउन तानसेनका सञ्चालक ज्ञानु कार्कीलाइ धन्यबाद समेत ब्यक्त गरेका थिए ।
ब्रेन ट्युमर पिडित हरिप्रसाद भुसालको उपचारको निमित्त अमेरिकाबाट दुइ लाख एक हजार सात सय त्रिहत्तर रुपैया,गाउँपालिका अध्यक्ष बस्यालबाट रु पाँच हजार र होटल का्रउन तानसेनका संचालक ज्ञानु कार्कीबाट रु चार हजार गरि दुई लाख दश हजार सात सय त्रिहत्तर रुपैया आफुहरुलाई प्राप्त भएको लक्ष्मी भुसालले जानकारी दिइन् ।
हरिप्रसाद भुसाल बिर अस्पताल काठमाडौको बेड नं ३४५ मा छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार