डोल्पामा नियन्त्रणमा आएन टाइफाइड : बिरामी बढ्दै, औषधि घट्दै !
इन्द्र रिजाल
असार २६, २०७६ शुक्रबार १:४०:१८
डोल्पा । डोल्पामा एक साताअघि शुरु भएको टाइफाइडको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । जिल्ला अस्पतालमा बिरामी चाप बड्न थालेपछि टाइफाइड नियन्त्रणमा आउन नसकेको हो ।
बिरामीको चाप बडेपछि १५ श्ययाको जिल्ला अस्पतालमा २५ जना बिरामीले उपचार गराइरहेको जिल्ला अस्पतालले जनाएको छ । केही दिन अगाडि मात्रै २१ जना बिरामीले बेडमै उपचार गराइरहेका थिए ।
दैनिक उपचार गराउन आएका चारदेखि पाँच जना बिरामीमध्ये दुईदेखि तीन जनालाई बेडमै राखेर उपचार गराउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ । बिरामी हुनेमा अधिकांश ठूलीभेरी नगरपालिका वडा नं २ र ३ का सर्वसाधारण रहेका छन् ।
अस्पतालमा पर्याप्त बेड नहुँदा १५ जनालाई बेडमा र १० जनालाई भुइँमै राखेर उपचार गराइरहेको डाक्टर सिजन रावलले जानकारी दिए । बेड नहुँदा जिल्ला अस्पतालमा कार्यरत अस्पताल क्वाटरमा बस्दै आएका स्वास्थकर्मीको बेड ल्याएर उपचार गराइरहको उनले बताए ।
प्रकोप नियन्त्रणका लागि प्रदेश र केन्द्रमा समेत जानकारी गराइसकिएको डा रावलले बताए । दिनहुँ बिरामी बड्दै गए टाइफाइडले ठूलो रुप लिनसक्ने खतरा रहेको बताउँदै रोकथामका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भीर हुनुपर्ने डा रावलको भनाइ छ ।
तीन दिनदेखि जहाज नआएपछि प्रदेश सरकारले पठाएको औषधि नेपालगञ्जमै रोकिएको छ । बिरामीको चाप बड्दै गएकाले औषधि भने सकिन थालेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।
स्वास्थकर्मी नै थला परे
डोल्पामा फैलिँदै गएको टाइफाइडको प्रकोपले सर्वसाधारण मात्र होइन स्वास्थकर्मीसमेत थला परेका छन् । दैनिक टाइफाइडका बिरामीका उपचारमा लागि खटिएका एक दर्जन डाक्टर, नर्स र अन्य कर्मचारी आफैँ टाइफाइडले थलिएका छन् ।
प्रत्येक दिन अस्पतालमा भर्ना हुने टाइफाइडका बिरामीसँगै अस्पतालाका स्वास्थ्यकर्मीसमेत थला पर्न थालेपछि उपचार गर्ने कर्मचारीहरुको कमी हुँदै गएको अस्पतालले जनाएको छ ।
अस्पतालमा कार्यरत दुई जना चिकित्सकमध्ये डा भिमबहादुर बुढा बिरामी परेका छन् । त्यसैगरी परिचारिका दिलु बुढा, सिएमएम गङ्गा ओझा, अनमी पुष्पा ओली, झुमा हमाल, ल्याब असिष्टेन्ट कञ्चन रोकाया, अहेब दिलीप रोकायालगायत एक दर्जन कर्मचारी आफैँ बिरामी परेका छन् ।
टाइफाइडका कारण स्वास्थका कर्मचारी नै थला परेपछि उपचारमा समस्या भएको छ भने ओपीडी कक्ष २४ घण्टा एउटै कर्मचारीले धानेका छन् । जिल्लाका विभिन्न स्वास्थ चौकीबाट काजमा कर्मचारी खटाउनका लागि पत्राचार गरिएको डाक्टर रावलले जानकारी दिए ।
दूषित पानीका कारण रोग फैलँदै गएकाले पानी शुद्धिकरण गरेर मात्र खान चिकित्कले सुझाव दिएका छन् । टाइफाइडको प्रकोप नियन्त्रणका लागि जिल्ला उद्योग बाणिज्य सङ्घको पहलमा पानी शुद्धिकरणका लागि एक घरलाई एक महीना पुग्ने पियुस मगाएर वितरण गर्न लागेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।
तीन दिनदेखि उडान नहुँदा पियुस नेपालगञ्जमा आएर थन्किएको समेत उनले बताए । अन्य ठाउँभन्दा वडा नं ३ मा टाइफाइडका बिरामी धेरै भएकाले पियुस आएपछि प्रत्येक घरधुरीमा वितरण गरिने प्रजिअ केशरीले जानकारी दिए । अन्य नगरपालिका र गाउँपालिकामा कार्यरत स्वास्थ्यका कर्मचारीलाई जिल्ला अस्पतालमा काजमा खटाउनसमेत पहल गरिरहेको बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार