लगातारको बर्षाका कारण नेपालगञ्ज डुबानमा
इन्द्र रिजाल
असार २६, २०७६ शुक्रबार ३:३६:१८
धम्बोझी । पानीको निकास हुन नसक्दा नेपालगञ्ज डुबानमा परेको छ । बागेश्वरी मन्दिर भएर बग्ने नाला तथा सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य नाला थुनिँदा जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ ।
ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । ठेकेदारले अधुरै छाडेपछि नालामा घाँस उम्रिएर निकास थुनिएको हो ।
पानी जम्मा भएपछि बस्ती पूरै डुबानमा परेको छ । उक्त ढल उपमहानगरपालिकाले एकीकृत शहरी विकास आयोजनामार्फत एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको हो । सडकमा हिँड्डुल गर्न समस्या भएको छ ।
सत्तिघाट पुल जोखिममा
वर्षापछि आएको बाढीका कारण बर्दियाको सत्तिघाट पुल जोखिममा परेको छ । बर्दियाको राजापुर र कैलालीलाई जोड्ने सत्तिघाटस्थित कर्णाली नदीमा निर्मित पुल जोखिममा परेको हो । पुलको राजापुरतर्फको भागमा प्वाल परेको छ ।
तटबन्ध बर्सेनी भासिँदै गएको छ । कणाली नदी धार परिवर्तन गरी पुलको किनाराबाट बग्न थालेको छ । पुल निर्माण गरिएको एक वर्षपछि तटबन्ध भत्किन थालेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारूले बताए । नदीमा पानीको सतह बढेसँगै तारजाली भासिँदै गएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार