पोखरा– बागलुङ सडकको यात्रा जोखिमपूर्ण
इन्द्र रिजाल
असार २९, २०७६ आइतबार २१:१३:७
कास्की । मनसुन शुरुभएपछि मध्यपहाडी लोकमार्गको पोखरा –बागलुङ खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । स्तरोन्नतिको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा –बागलुङ खण्डमा जुनसुकै बेला पनि पहिरो खस्नसक्ने भएकाले जोखिमपूर्ण बनेको हो ।
वर्षा शुरु भएपछि धेरै ठाउँमा पहिरो झरेको छ, भने कटान गरिएका भिरमा जुनसुकै बेला पनि पहिरो खस्ने सम्भावना छ । सडकको पर्वत खण्डमा पर्ने कुश्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँ पुल खण्ड तथा कास्कीमा पर्ने नयाँ पुलदेखि गिरीचोक सम्मको खण्ड पहिरोको उच्च जोखिममा छ । कास्कीको गिरीचोक नजिक निरन्तर पहिरो झरिरहेका कारण समय समयमा यातायात अवरुद्ध भइरहेको छ ।
जुनसुकै बेला पनि माथिबाट पहिरो झर्ने सम्भावना भएकाले यात्रुलाई सचेत भएर यात्रा गर्न आह्वान गरिएको सडक स्तरोन्नतिको काम गरिरहेको एपेक्स कन्ट्रक्सनका परियोजना प्रबन्धक काशीराज बोहराले बताएका छन् । निरन्तर पहिरो झर्ने र सफा गर्न समेत कतिपय अवस्थामा कठिन हुने भएकाले यात्रा गर्दा ध्यान दिन आग्रह गरिएको उनले बताउए । एउटा स्काभेटर तयारी अवस्थामा राखेर पहिरो हटाउने काम भइरहेको बोहराले जानकारी दिए। पहिरो जाने स्थान नजिकबाट झोबाङ हुदैवैकल्पिक सडक रहेको छ ।
सडकको पर्वत खण्डमा डिमुवाको माहुरीभिर, आम्बोट र भ्याप्लेखोला नजिकको भिर, चुवा नजिकैका भिरमा पनि पहिरोको उच्च जोखिम छ । पहिरो गएको अवस्थामा हटाउनका लागि डिमुवा, आम्बोट, कुश्मामा स्काभेटर तयारी अवस्थामा राखिएको लामा कन्ट्रक्सनका परियोजना प्रबन्धक गोविन्द भुसालले जानकारी दिएका छन्। गएको वर्ष पनि यी स्थानमा भारी वर्षा हुँदा पहिरो र लेदोका कारण पटक÷पटक सडक अवरुद्ध भएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार