प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न मन्त्रालयको निर्देशन
इन्द्र रिजाल
असार ३०, २०७६ मंगलबार ०:४१:३१
काठमाडौं ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ ।अहिले देशका विभिन्न ठाउँमा बाढी, पहिरो, डुबानले उद्धार र राहत कार्यक्रम तत्काल गर्नुपर्ने भएकाले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालय छाडेर कतै नजान निर्देशन दिएको मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए ।
मन्त्रालयले विपद्को सयममा कतिपय स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत कार्यालयमा उपस्थित नभएका र सो कारणले स्थानीय तहबाट हुने खोज तथा उद्धार, तत्कालीन राहत तथा शीघ्र पुनःलाभका काममा बाधा परेको भन्ने गुनासो मन्त्रालयमा आएकाले कार्यालय छाडेर कतै नगई राहत र उद्धारमा सहयोग गर्न निर्देशन दिएको छ ।
केही दिनदेखि मुलुकमा अविरल वर्षाका कारण मानवीयसहित ठूलो जनधनको क्षति पुगेको छ । निर्देशनमा विपद्को प्रभावकारी र समन्वयात्मक ढङ्गले व्यवस्थापन गर्न सबै प्रमुख प्रशासकिय अधिकृतले आ–आफ्नो स्थानीय तह नछाड्न तथा कुनै कारणले कार्यालयमा उपस्थित नभएको भए २४ घण्टाभित्र कार्यालयमा उपस्थित भई कामकाज गर्न भनिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार