दक्षिण एशियामै पहिलो पटक केयूमा प्राविधिक शिक्षा स्नातकोत्तर तह
इन्द्र रिजाल
साउन १, २०७६ बुधबार १५:८:५७
काठमाडौँ । विश्वविद्यालय (केयु)को स्कूल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (टीइभीटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक काठमाडौँ विश्वविद्यालयले शुरु गरेको हो ।
देशभर प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) का झण्डै ६०० आङ्गीक तथा सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरु छन् । सोही सन्दर्भलाई मध्यनजर गर्दै केयूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको नेतृत्व र अनुसन्धान विकासका लागि आवश्यक जनशक्ति तयार गर्न यो कार्यक्रम शुरु गरेको हो ।
“‘सरकारले एक गाउँ एक प्राविधिक शिक्षालय’ को अवधारणा ल्याउनासाथ यो कार्यक्रम प्राथमिकताका साथ अघि बढाएका हौँ”, स्कूल अफ एजुकेसनका डिन तथा प्राध्यापक डा महेशनाथ पराजुलीले भने, “तर यो कार्यक्रमको पूर्व तयारी अगाडिबाटै भएको थियो ।” उनका अनुसार सरकारले प्राथमिकताका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई अघि बढाएपछि विश्वविद्यालयले पनि आफ्नो दायित्वका रूपमा यो कार्यक्रम शुरु गरेको हो ।
नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि आवश्यक नेतृत्वदायी क्षमता भएका जनशक्ति तयार गर्न केयूको यो कार्यक्रम कोसेढुङ्गा सावित हुने प्राध्यापक डाक्टर टङ्कनाथ शर्माले बताए । उनले भने, “नयाँ शैक्षिक कार्यक्रम भएकाले यो विषय अध्ययन गर्नेहरुले छिट्टै रोजगारीको अवसर पाउने अवस्था रहेको छ ।”
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका विज्ञ डाक्टर उषा भण्डारीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा स्नातकोत्तर तहको कार्यक्रमले यस क्षेत्रका लागि आवश्यक योजनाकार, व्यवस्थापक तथा अन्य विशेषज्ञ तयार गर्दछ । उनले भने, “पढ्ने मात्र नभई गरिखान सिकाउने शिक्षाको विषयलाई सम्बोधन गर्न छुट्टै शैक्षिक कार्यक्रम आवश्यक थियो जुन केयूले ल्याएको छ ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार