कालीप्रसाद बास्कोटाविरुद्ध उजुरी,संगीत चोरेको आरोप
इन्द्र रिजाल
साउन १, २०७६ बिहिबार १:०:३०
काठमाडौं । संगीत चोरीको आरोप लगाएको एउटा घटना सेलाउन नपाउँदै अर्का संगीतकारविरुद्ध प्रहरीमा उजुरी नै परेको छ।
पटक पटक संगीत चोरीको आरोप झेलिरहेका संगीतकार कालीप्रसाद बाँस्कोटाविरुद्ध महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको हो । संगीतकार बाँस्कोटाको ‘समाचार’ बोलको गीत ‘बुझाई देउन’भन्नेबाट कपी गरेको आरोपमा उजुरी परेको हो । गायक तथा संगीतकार बिक्की महतले करिब १ वर्षअघि रेकर्ड गराएको गीत, ‘समाचार’ सँग मिलेको दाबी गर्दै उजुरी दिएका हुन्। महतले बाँस्कोटसँग प्रतिलिपी अधिकारबारे छलफल गर्न चाहेको निवेदनमा जनाइएको छ।
प्रहरीमा उजुरी गर्दा पनि उचित सुनुवाइ नभएपछि महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेर उजुरी दिएका छन् । यसअघि पनि बाँस्कोटामाथि ‘इन्स्टाको फोटो’ गीतको संगीत चोरी गरेर बनाएको आरोप लागेपछि विवादमा तानिएका थिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सहकारी ठगी र गिरीबन्धु चिया बगानको भ्रष्टाचारविरुद्ध नेविसंघको प्रदर्शन
जेठ २, २०८१ बुधबार
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
दुई वर्ष कार्यकाल रहेका पाँच समिति गठन
जेठ २, २०८१ बुधबार
तीव्र बस्ती विस्तारले वीरेन्द्रनगर बजारका खेतीयोग्य जमिन मासिँदै
जेठ २, २०८१ बुधबार
डोरीको सहायताले भिरमा झुण्डिएर गरिने महसिकार जोखिमपूर्ण
जेठ २, २०८१ बुधबार