कांग्रेस नेता कोइराला स्याङ्गजा आउने
इन्द्र रिजाल
साउन २, २०७६ बिहिबार २१:३२:११
स्याङ्गजा । आगामी साउन ६ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला स्याङ्गजा आउने भएका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रमका लागि नेता कोइराला स्याङ्गजाको वालिङ आउने भएका हुन् । नेपाली कांग्रेस स्याङ्गजाको आयोजना र नेपाली कांग्रेस वालिङकाे ब्यवस्थापनमा साउन ६ गते बालिङ वीपी चोकमा बिहान ११ बजेबाट हुने कार्यक्रमका लागि नेता कोइराला आउने नेपाली कांग्रेस वालिङका कार्यबहाक सभापति भीमलाल सुवेदीले जानकारी दिएका छन् । साथै उनले सबैलाई उपस्थित हुन समेत अनुरोध गरेका छन् ।
स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि. सं. १९७१ भदौ २४ गते भएको थियो । स्वर्गीय कोइरालाले आफ्नो सम्पुर्ण जीवन नै नेपाली राजनीतिमा व्यतित गरेका थिए । बाबु स्व. कृष्णप्रसाद कोइराला र आमा स्व. दिब्या कोइरालाको कोखबाट जन्मिएका वीपी नेपाली कांग्रेसका संस्थापक नेता समेत हुन् । प्रजातान्त्रिक समाजवादी विचारधाराका प्रणेता स्व.कोइरालालाई कांग्रेसले आफ्नो आस्थाकाे धरोहरको रुपमा स्मरण गर्दै आएको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय कोइरालाले मध्ययुगिन समाजमा क्रान्तिकारी कदम, बृत्ता उन्मुलन,राजारजौटा प्रथा उन्मुलन, कृषिमा आधुनिकीकरण जस्ता कार्यको सुरुवात गरेका थिए । पटक पटकको जेलजीवन बिताएका स्व. कोइरालाले देश र जनताको निमित्त नै सम्पुर्ण जीवन अर्पण गरेका थिए । उनि राजनीतिज्ञ मात्र होइन साहित्यकार पनि थिए ।
स्व. वीपी कोइरालाको लोकतान्त्रिक समाजवादी सपना यो थियो कि हरेक नेपाली साधारण किसानको एउटा झुपडीसम्म होस् एकहल गाेरुसहितको जोत्ने बारी होस् अनि नेपाल समृद्ध बन्दै जाओस् तर बीपीकाे आदर्शले स्थापित नेपाली कांग्रेसले उनको आदर्शलाई पालना गर्न नसकेको साथै स्व. काेइरालाकाे अभाव खड्किएकाे जानकारहरु बताउछन् ।
स्व. कोइरालाको वि. सं २०३९ साल साउन ६ गते मृत्यु भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृहमन्त्री रवि लामिछानेमाथि कारवाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र
जेठ ७, २०८१ सोमबार
प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेमाथि कारवाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार