चेलीलाई प्यारो माईत बरि लै….
नेपालबहस संवाददाता
साउन ७, २०७६ मंगलबार १६:१५:५९
स्याङ्जा । तीज भन्नासाथ महिलाहरुमा उत्साह छाउँछ । अविवाहित महिलाको तुलनामा विवाहित महिलाहरुमा तीज भन्नासाथ खुशि र उत्साह छाउँने गर्छ । घर सम्पन्नशाली अर्थात पुगीसरी भएपनि तीजमा माईती जान महिलाहरु लालाहित हुन्छन् ।
विगतमा सामाजिक घटनाक्रमलाई टपक्क टिपेर मौलिक शब्दमा तीजगीत प्रस्तुत गर्दै आएकी स्याङ्जाककी लोकदोहोरी गायिका सुनिता पौडेलले यस पालिको तीजको अवसर पारेर ‘चेलीलाई प्यारो माईत बरि लै’ बोलको तीजगीत लिएर आएकी छन् ।
चर्चित लोकदोहोरी गायक घनश्याम रिजालको शब्द रहेको गीतको लय÷एरेन्जर तारानाथ आचार्यले गरेका छन्, गीतमा निरुता र प्रसन्नता पौडेलले अभिनय गरेका छन् । डिजिटल स्टार प्रा.लि.ले यूटुबमा सस्क्राईब गरेको गीतको छाँयांकन प्रमोद गुरुङ्ले गरेका हुन्, भने कोरियोग्राफर होम गुरुङ्ले गरेका छन् ।
तीजको बेला आमाको हातबाट दिएको खाना खानी हो, बरि लै । हातका मैला सुनका थैला, के गर्नु सुनचाँदी, बरि लै । अरुको लाख आमाको काख रमाउँछ मन, बरि लै । जस्ता शब्द समाबेश भएको गीतमा मौलिकतालाई प्राथमिकतामा राखिएको गायिका पौडेलले बताईन् ।
पछिल्लो समय तीज नजिकै जाँदा तीजगीत ल्याउने लहरनै चलेको गायक घनश्याम रिजालले सुनाए । गीतलाई मौलिकता दिन सकेमात्रै हाम्रा परम्पराहरुलाई स्थायीत्व दिन सकिनेमा रिजालले विश्वास जनाए । जथाभावि गीत निकाल्ने प्रतिस्पर्धा भन्दा मौलिकतालाई प्राथमिकता दिन उनले सबैमा आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले सन्दीपको स्वागत गरे
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार