६ कार्तिक २०७८, शनिबार
तस्करी

सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १४:३८


कैलाली । जिल्ला अदालत कैलालीले टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला गरेको छ ।

सोही घटनामा संलग्न लक्ष्मण थारुलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ तर थारुले सो अवधी जेल जिवन बिताइसकेको कारण आजै जेल मुक्त गरिने बताइएको छ ।

यसअघि सांसद् रेशम चौधरीको बहस मंगलबारबाट सुरु भएर एक सातापछि हिजो ‘मंगलबार’ सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज सो फैसला सुनाएको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा