११ मंसिर २०७८, शनिबार
खोज / विशेष

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट, १ जना घाइते

प्रकाशित मिति :  २४ फाल्गुन २०७५, शुक्रबार २१:१४


काठमाडौको बसुन्धारामा बम बिस्फोट भएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको हो ।शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित शंकास्पद बस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ ।

आगलागीबाट तीन तले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको उनको ल्याण्ड क्रुजर गाडी पनि जलेको छ। आगलागी कसरी भयो भन्ने विषय भने एकिन भइसकेको छैन।

घटनास्थलमा पुगेको प्रहरीले ग्यास सिलिन्डर बिस्फोट भएर आगलागी भएको हुनसक्ने बताएको छ। ‘टोलभरि सुनिने गरी केही बिस्फोट भएको भन्ने छ। तर बम हो कि ग्यास प्रहरीले अनुसन्धान गरिरहेको छ,’ मेट्रोका डिआइजी शैलेश थापा क्षेत्रीले भने।

बिस्फोटबाट गुरूङको घरमा रहेको सटर भाडा लिएर बस्ने मणिराम पौडले घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा नै शंकास्पद बस्तु विस्फोट भएको थियो । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो । आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ ।महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा