fbpx

बेंसीशहर नगरपालिका : मकै थन्क्याउन र धान रोप्न व्यस्त भइरहेका बेला अलैँची रोप्ने चटारो !

लमजुङ । मकै थन्क्याउन र धान रोप्न व्यस्त भइरहेका बेला यहाँका अलैँची किसान भने बिरुवा रोप्ने चटारोमा छन् । जिल्लामा यतिबेला अलैँचीका बिरुवा लगाउने मौसम भएकाले किसानलाई बिरुवा रोप्ने चटारो भएको हो । बेंसीशहर नगरपालिका– १० खाँचेका सोमबहादुर तामाङले जेठको २९ गतेदेखि अलैँचीका बिरुवा लगाउँन थालेका हुन । करीब ४० रोपनी क्षेत्रफलमा अलैँची रोप्ने तयारी उनले गरेका छन्। अहिलेसम्म ४५ हजार बिरुवा रोपिसकेको र अझै १० हजार बिरुवा रोप्न बाँकी रहेको तामाङले बताए । खाँचेकै धर्मराज गुरुङ पनि बिरुवा रोप्न व्यस्त छन । थप पढ्नुहोस्

बङ्गलादेशमा रेल दुर्घटना : चारको मृत्यु, १ सय भन्दा बढी घाइते

एजेन्सी । उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् । बङ्गलादेशको राजधानी ढाकाबाट २ सय ३ किल्लो मिटर टाढा रहेको माउल्भिबाजार जिल्लामा सो दुर्घटना भएको छ ।स्थानीय समायानुसार आइतबार राती ११ः५० बजे सो दुर्घटना भएको अग्नी नियन्त्रण सेनाका एक अधिकारी नुर्नु नाबीले सिन्हवा समाचार समितिलाई जानकारी दिएका छन् । राजधानी ढाकातर्फ गइरेहको सो रेल डिब्वा पटरीबाट छुट्टिएर सो घटना भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । थप पढ्नुहोस्

भारतको हिमाञ्चलमा बस दुर्घटना, ४४ जनाको मृत्यु

accident
एजेन्सी । भारतीय राज्य हिमाञ्चल प्रदेशको कुल्लुमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । हिमाञ्जल राज्यको कुल्लु शहरभन्दा ५० किलोमिटर पर बंजार भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । बिहीबार भएको बस दुर्घटनामा करिब ३४ जना घाइते रहेका जनाइएको छ । कुल्लुबाट सदा गुशैनी भन्ने ठाउँतर्फ गइरहेको एचपी–६५–७०६५ नम्बरको बसमा ७८ जना सवार रहेका जनाइएको छ । क्षमताभन्दा बढी यात्रु चढाइएको बस सडकबाट पल्टिएर खोचमा खसेको थियो । प्रहरीले क्षमताभन्दा बढी सवारी चढाइएको र चालकको लापरवाहीका कारण दुर्घटना भएको जनाएको छ । थप पढ्नुहोस्

राप्रपाको केन्द्रीय कार्य समितिको विस्तारित बैठक आजदेखि सुरु

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको विस्तारित बैठक आजदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अर्पण ब्यांकेटमा शनिबारसम्म जारी रहने बैठकमा अध्यक्ष थापालगायतले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । महामन्त्रीले सांगठानिक तथा आर्थिक प्रतिवेदन पेश गरी त्यसमा छलफल गर्ने योजना रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । थप पढ्नुहोस्

कोपा अमेरिका फुटबलमा जापानको उत्कृष्ट प्रदर्शन

kopa amerika
काठमाडौं । कोपा अमेरिका फुटबलमा पाहुना टिम जापानले उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेलाई बराबरीमा रोक्न सफल भएको छ । कोपा अमेरिका फुटबलको समूह ‘सी’ मा शुक्रबार विहान भएको खेलमा जापानले उरुग्वेलाई २-२ गोलको बराबरीमा रोकेको हो । जापान जित नजिक पुगेर पनि हार्न पुग्यो । उरुग्वेलाई पराजित गरेको भए जापानले नयाँ इतिहास बनाउने थियो । दुई पटक लिएको अग्रतालाई जोगाउन नसक्दा जापानले बराबरीमा चित्त बुझाउन पुग्यो । खेलको २५औं मिनेटमा जापानले अग्रता बनाएको थियो । कोजी मियोसीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । तर खेलको ३२औं मिनेटमा उरुग्वेले पेनाल्टी पायो । थप पढ्नुहोस्

प्रधानसेनापति थापाद्वारा चिनियाँ सेनापतिसँग शिष्टाचार भेट

काठमाडौं । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार चीनको केन्द्रीय सैन्य परिषद्का सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सो अवसरमा प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत प्रदान भएको १५ करोड युआन बराबरका सामग्री, उद्धार सामग्री तथा विभिन्न प्रकारका सवारी साधनहरू प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर गरे । थप पढ्नुहोस्

वीरगंजको रामवनमा ३० वर्षपछि २० लाखको पुल निर्माण, स्थानिय हर्षित

वीरगंज । वीरगंजको उत्तरी क्षेत्रको कुनामा पर्ने रामवनमा २० लाखको पुल निर्माण भइ सञ्चालनमा आएको छ । वीरगंज महानगरको १८ लाख र १ लाख ९६ हजारको जनश्रमदान गरी कुल १९ लाख ९६ लाखको लागतमा उक्त पुल निर्माण भएको हो । वीरगंज महानगरपालिका वडा नं ३२ रामवन,शिवनगरमा निर्मित पुलको उद्घाटन वीरगंजका मेयर विजय सरावगीले गरेपछि स्थानिय हर्षित भएका छन् । पुलउद्घाटन कार्यक्रममा बोल्दै उनले पुलको निर्माण सम्पन्नताले आफु धेरै खुशी भएको बताए । थप पढ्नुहोस्

भोलिदेखि धनगढी बिमानस्थलबाट नियमित बिमान

कैलाली। धनगढी विमानस्थल अहिले हवाई उडान ठप्प पारेर धमाधम स्तरोन्नतिको काम चलिरहेको छ। गत वैशाख २२ गतेबाट बन्द रहेको बिमानस्थलमा जेठ २१ गतेबाट उडान भर्ने गरी थालिएको काम लम्बिएपछि एक साता ढिलो गरी भोलिबाट उडान सुरु हुने भएको छ। धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुड्थापाका अनुसार, विमानस्थलको धावन मार्गमा अझैसम्म ओभर लेयरको काम सम्पन्न भएको छैन। ओभर लेयरको काम जारी रहने तर उडान भने बुधवारबाटै सुरु हुने छ । थप पढ्नुहोस्

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै बस र ट्याङ्कर जुध्दा १८ घाइते

accident
मुग्लिन । चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् । घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

राष्ट्र बैंकको पक्षमा सर्बोच्च अदालतको फैसला

काठमाडौं । कर्मचारीलाई अवकाश दिने सम्बन्धमा नेपाल राष्ट्र बैंक आफैँले निर्णय गर्न पाउने भएको छ । सर्वोच्च अदालतले कर्मचारीको अवकाश नीतिका लागि राष्ट्र बैंकले लोक सेवा आयोगको स्वीकृति लिनुनपर्ने फैसला गरेको हो । अहिलेको नियमावलीअनुसार, काम गरेको ३० बर्ष र उमेर ५८ बर्ष, जुन पहिला हुन्छ त्यसैको आधारमा अवकाश दिनुपर्ने ब्यवस्था रहेको छ । यसलाई संशोधन गरेर राष्ट्र बैंकले ५८ वर्ष उमेर पुगेपछि मात्रै अवकाश दिने नीति कायम गर्न खोजेको छ । राष्ट्र बैंकले लोक सेवा आयोगको स्वीकृति मागेको थियो । थप पढ्नुहोस्
1 2 3 31