२१ मंसिर २०७९, बुधबार

मन्त्री थममाया थापा न्यूयोर्क प्रस्थान

प्रकाशित मिति :  २६ फाल्गुन २०७५, आईतवार ०७:२१


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु)को ६३औँ बैठकमा भाग लिन शनिबार अपराह्न न्यूयोर्कतर्फ प्रस्थान गरेकी छिन् ।

लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा समेत सहभागी हुने सिलसिलामा उनी शनिबार त्यसतर्फ प्रस्थान गरेक िहुन् ।

मन्त्री थापा नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, सोही मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी छन् ।

मन्त्री थापालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा