६ कार्तिक २०७८, शनिबार
राजनीति

विप्लवको पार्टीले दियाे मध्यरातमा सरकारलाई कडा चेतावनी !

प्रकाशित मिति :  २८ फाल्गुन २०७५, मंगलवार २२:३३


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका समूह भेरीले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेको स्पष्ट पारेको छ ।

सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले त्यसको प्रतिवाद गर्ने बताएको छ । विप्लव नेतृत्वको नेकपाका भेरी ब्यूरो सदस्य प्रेमबहादुर चलाउनेले जनतावाट निर्वाचित भनिएको सरकारले आफूहरुको गतिविधिमाथि प्रतिबन्ध लगाएर अलोकतान्त्रिक छवि देखाएको आरोप लगाएका छन् ।

उनले भनेका छन्,”हामीले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेपनि सरकारले हामीहरुविरुद्ध कारवाही गरिरहेकोे छ ।”आफूहरुको कुनै पनि कार्यक्रममा सरकारले हस्तक्षेप गरे त्यसको प्रतिकार गर्ने उनले चेतावनी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा