८ कार्तिक २०७८, सोमबार

बर्दियामा एक शिक्षक प्रहरी नियन्त्रणमा !

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार २१:२४


बर्दिया । बर्दियामा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मधुवन नगरपालिकाको एक विद्यालयमा अध्यापन गराउने शिक्षक सञ्जय झालाई शोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिईएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई आनावश्यक स्टाटस मार्फत पटक पटक सार्वजनिक महत्वका विषयमा टिप्पणी गरेको र पछिल्लो राजनीति घटनाक्रमसँग मेल खाने अभिव्यक्ती दिने गरेको आरोपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

शिक्षक सञ्जय झाले सागर हिरा नाम गरेको फेसबुक आईडी चलाउने र अनावश्यक स्टाटस लेख्ने गरेको बताईएको छ । उनका पछिल्ला स्टाटस र लाईक कमेन्टहरुलाई आधार मानी आवश्यक सोधपुछका पछि तारेखमा छाडिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा