६ कार्तिक २०७८, शनिबार
राजनीति

ओली सरकारका कारण लोकतन्त्र खतरामा : वरिष्ठ नेता पौडेल

प्रकाशित मिति :  ९ चैत्र २०७५, शनिबार १०:२६


 सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारका कारण लोकतन्त्र खतरामा रहेको बताएका छन् ।

शनिबार सिन्धुली आमसभालाई सम्बोधन गर्न कपिलाकोट पुगेका वरिष्ठ नेता पौडेलले पत्रकार भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारका कारण लोकतन्त्र खतरामा रहेको बताएका छन् ।

शुक्रबार साझ नै सिन्धुली पुगेका पौडेलले शनिबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कम्युनिष्ट सरकारबाट लोकतन्त्र खतरामा रहेकोले अब कांग्रेस एक ढिक्का हुन आवश्यक रहेको बताएका छन् ।

आज हुन गइरहेको आम सभालाई सम्बोधन गर्न युवा नेता गगन थापा,चन्द्र भण्डारी र श्याम घिमिरे लगायतकाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा