३ कार्तिक २०७८, बुधबार
राजनीति

विप्लवका नेता कार्यकर्ताहरुलाई चैतसम्म नियन्त्रणमा लिन्छौ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  ११ चैत्र २०७५, सोमबार १८:४५


प्रधानमन्त्री ओलीले भने, “हामी नक्शा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौँ ”

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले विप्लव समूहका सबै नेताकार्यकर्ताहरुलाई चैत महिनाभित्र नियन्त्रणमा लिइसक्ने दाबी गरेका छन् ।

संसद भवन नया बानेश्वरमा सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दे ओलीले चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने प्रष्ट पारे ।

उनले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लवसँग समय रहेको र मूलधारमा आउने मौका नछोड्न आग्रह गर्दै शान्तिपूर्ण तरिकाले मूलधारमा नआए जेलको बाटो समाउनुपर्ने धारणा समेत राखे ।

पृथकताबादी नेता वैज्ञानिक सीके राउतलाई मुलधारको राजनीतिमा ल्याएर विखण्डनबाद समाप्त भएको सांसदहरुलाई प्रधानमन्त्री ओलीले जानकारी गराए ।

संघीय सांसदहरूलाई एकमहिनाभित्र सरकारलाई नीति र कार्यक्रमबारे सुझाव दिन निर्देशन पनि दिए । सरकार विकास र स्थायित्वमा गतिशील भइरहेको अवस्थामा केहीले कामै नभएको भन्ने टिप्पणी गरेको भन्दै ओलीले सांसदहरूलाई गाउँगाउँ गएर चिर्न आग्रह गरे ।

पार्टी एकतको काम समयमै टुङ्ग्याउन नसकेको भन्दै उनले नेकपाका अर्का अध्यक्ष प्रचण्ड आएलगत्तै पार्टी एकता अघि बढ्ने र निष्कर्षमा पुग्ने बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता