६ माघ २०७८, बिहीबार
वाणिज्य बैंक

जनता बैंकले खोलिदिने भयो सबै नेपालीको बचत खाता

प्रकाशित मिति :  २ बैशाख २०७६, सोमबार ११:१७


काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले विभिन्न विशेषता भएको ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ । नेपाल सरकारले नयाँ वर्ष २०७६ वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान ल्याएको थियो । बैंकले सरकारको काममा सहयोग पुर्याउने हेतुले विभिन्न विशेषतासहितको बैंक खाता संचालनमा ल्याएको छ ।

शुन्य मौज्दातमा खाता खोल्न सकिने, खाता खोल्दा रु. १००/०० बैंकको तर्फबाट जम्मा गरिदिने, ६.५ % वार्षिक व्याजदर, दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी, रु. २ लाख सम्मको ABBS सेवा निःशुल्क, झंझट रहित सरल रुपमा खाता खोल्न सकिनेलगायत अरु थप विशेषताहरु रहेका छन् । देश भरी छरिएर रहेका बैंकको १२८ ओटै शाखाबाट यस प्रकारको खाता खोल्न सकिने छ ।

janata-bank-add


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा