८ माघ २०७८, शनिबार

चार हजार ४७६ विद्यालय पुनःनिर्माण

प्रकाशित मिति :  ९ बैशाख २०७६, सोमबार २२:४०


गुणात्मक शिक्षाका लागि विद्यालयमा हाजिरी कार्ड

काठमाडौं । विसं २०७२ को भूकम्पले क्षति पु¥याएका चार हजार ४७६ विद्यालयको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । तीमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन ५८३, निर्माण व्यवसायीमार्फत १३५ र गैरसरकारी संस्थामार्फत ७५८ सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ‘शिक्षा’ले जनाएको छ ।

शिक्षा पत्रकार सञ्जाल नेपाल ‘इजोन’द्वारा भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्थाका बारेमा आयोजित छलफलमा एकाइका प्रमुख इमनारायण श्रेष्ठले सो जानकारी दिँदै विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार २२२, निर्माण व्यवसायीमार्फत ३३८ र गैरसरकारी संस्थामार्फत २१२ निर्माणाधीन अवस्थामा रहेको बताए ।

थप ३९८ विद्यालय छनोट गरी जम्मा ६ हजार ६४६ विद्यालय पुनःनिर्माण गरिनेछ । भूकम्प अति प्रभावित ३२ जिल्लाका सात हजार ९२३ विद्यालयमा क्षति पुगेको थियो ।

ती विद्यालयका २१ हजार १६९ कक्षाकोठा पूर्ण क्षति भएका थिए । विद्यालयमध्ये करीब ३७० एकीकरण ९मर्ज० भएका एकाइले जनाएको छ ।विद्यालय पुनःनिर्माणमा एशियाली विकास बैंक, जापान सहयोग नियोग ‘जाइका’, चीन, भारत लगायतले सहयोग गरिरहेका छन् ।

एकाइ प्रमुख श्रेष्ठले विद्यालय पुनःनिर्माण गर्न करीब रु ९० अर्ब लाग्ने अनुमान गरिएको जानकारी दिँदै सबै विद्यालयको पुनःनिर्माण कार्य अगामी आवको अन्त्यसम्म सक्ने लक्ष्य लिएको बताए । उनले कतिपय विद्यालय पुनःनिर्माणका लागि नेपाल सरकारको स्रोतको बजेट कमी तथा विद्यालय निर्माणमा जग्गा प्राप्ति समस्याका रुपमा रहेको बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा