गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार १६:४२:२२
२२ वैशाख, कोहलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद बैठक चल्न नदिने बताएका छन् । उनले सरकारले संसदीय छानबिन समिति नबनाए बजेट अधिवेशन चल्न सक्दैन भन्ने कुरा प्रष्टसँग बुझ्नुपर्ने बताएका छन् । गृहमन्त्री रवि लामिछानेको राजीनामा कांग्रेसको माग नभएको उनको भनाइ छ ।
राष्ट्र नै नरहने गरी राजनीति गर्नु अपराध भएको भन्दै उनले राष्ट्र र जनताका माग सम्बोधन गर्नका लागि कांग्रेसले संसदीय छानबिन समिति माग गरेको बताए । राजनीति गर्नेले आफू र आफ्नो राजनीतिक फाइदाभन्दा जनता हेर्नुपर्छ, जनताका माग सम्बोधन गरिनुपर्छ, यदि जनताका माग सम्बोधन हुँदैनन् र उनीहरुको समस्यामा सरकार बोल्दैन भने संसद चल्नुको अर्थ नहुने कोइरालाले बताए ।
कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रबि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने दोहर्याए । हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदिय छानबिन बनाऔँ, सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनु हुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको हो, कोइरालाले भने ।
‘सबै जनता सहकारी पीडित छन, उनीहरुको मुद्दामा खेलबाड भइरहेको छ, जनता मेरो पैसा खायो भनिरहेका छन । खानेले छैन भन्छ । छानबिन गरौं भन्दा सरकार मान्दैन । छानबिन समिति बनाउन नहुने कारण के छ किन सरकार डराएको हो ? समिति बनाउँदा प्रधानमन्त्रीलाई के आपत्ति हुन्छ ?’उनले भने ।
अर्को फरक प्रसंग उठाउँदै कोइरालाले पार्टीका सबै सदस्यहरूले आपसी मनमुटाव र नमिठा बिगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए । पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनु नपर्ने बताए । लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिस्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको बताउँदै कोइरालाले भने, तर त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिँडिराख्नु राम्रो होइन ।
कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए । निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनु पर्ने समेत प्रष्ट पारे ।
२०६४ को संविधानसभापछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसंग उल्लेख गर्दै कोइरालाले भने, ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो । जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको उदाहरण छ । अब पनि त्यो आवश्यक छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवाले लेखकलाई बनाए कार्यसम्पादन समितिको सदस्य
जेठ १०, २०८१ बिहिबार
जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार
जेठ १०, २०८१ बिहिबार
सहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार