११ मंसिर २०७८, शनिबार

जिवन जात्रा हो, शास्त्रमा लेख्नलाइ छुट्या मात्र हो !!!

'जात्रै जात्रा’को ट्रेलरमा कमेडी हावी

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार १९:१५


काठमाडौं । प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले ट्रेलर ल्याएको हो ।

दयाहाङ राई, विपिन कार्की, रबिन्द्र झा र रविन्द्र सिंह बाँनिया देखिएको ट्रेलरमा कमेडी हावी रहेको छ । फिल्म ३ जेठबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म करिब २ वर्ष अगाडि आएको ‘जात्रा’को सिक्वेल हो । सार्वजनिक ट्रेलरमा अभिनेत्री वर्षा राउत, कलाकार राजाराम पौडेल समेत अटाएका छन् ।

रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डी.गुरुङको सम्पादन रहेको फिल्ममा ट्रेलरमा देखिएका कलाकार बाहेक प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतकाको अभिनय देख्न सकिन्छ ।

हेर्नुस ‘जात्रै जात्रा’को ट्रेलर:


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा