१९ मंसिर २०७८, आईतवार
विदेश

कस्तो होला ५ लाखको चिया र ६४ लाखको लिपिस्टिक ?

प्रकाशित मिति :  १४ बैशाख २०७६, शनिबार २२:२८


एजेन्सी । सबै मानिसहरुको जिवनशैली व्यक्ति पिच्छे फरक हुन्छ । अनि मानिसले हरेक काम गराई लुकाई खुवाई पनि फरक हुन्छ ।पछिल्लो समय निकै भारतमा निकै चर्चा पाएकी मुकेश अम्बानी दिल्लीमा सबैभन्दा धनी व्यक्ति हुन् ।

उनको व्यापार व्यवसाय देखि जीवनशैली सम्मलाई मानिसहरुले पछ्याइरहेका हुन्छन् । यि नै मुकेशकी पत्नी हुन् निता अम्बानी । उनको पहिरन, रहनसहन, जीवनयापन अन्य आम महिलाको भन्दा बिलकुल फरक छ ।

उनको लवाइखुवाइ र जीवनशैलीले सबैलाई आश्चर्यमा पारेका समाचार यति बेला भारतीय सञ्चारमाध्यमहरु प्रकाशन भैइरहेका छन् । निता अम्बानीले प्रयोग गर्ने दैनिक उपभोग्य समान, खानपानले सामान्य महिलाको जीवनभरलाई पुग्ने गर्छ भन्यो भने तपाई पत्याउन हुन्न होला तर यो वास्तविकता हो ।

उनले लगाउने कपडा लाखौं मूल्यको हुने गरेको छ । त्यस्तै उनले लगाउने चुरा, गहना, मेकअप किट, लिपिस्टिक, ह्याण्ड व्यागको मूल्य सुन्नु भयो भने त तपाई आश्चर्यमा नै पर्नु हुन्छ ।

यस्ता छन् उनले प्रयोग गर्ने सामान र खानपान:

५ लाखको चिया !

नीता अम्बानीले दैनिकी चियाबाट सुरु हुन्छ । उनी हरेक विहान जापानको सबैभन्दा पुरानो क्र्रेरी ब्राण्डको नोरिटेकको कपमा चिया पिउँने गर्छिन् । यो कपको मूल्य ३ लाख भारतीय रुपैयाँ ‘नेपाली रुपैयाँ ४ लाख ८० हजार’ पर्ने गरेको छ । उनले पिउने चियाँ विशेष खालको हुने गरेको छ ।

कारको सोख

नितालाई मनपर्ने कार ‘मेबेक ६२’ हो । जुन उनका पति मुकेश अम्बानीले उनलाई उपहारको रुपमा लण्डनबाट मगाएका थिए । ‘मेबेक ६२’ कार भारतमा ल्याउने पहिलो व्यक्ति हुन् मुकेश अम्बानी । यसको मूल्य १० करोड भारतीय रुपैयाँ पर्छ ।

जुत्ता

भारतीय सञ्चारमाध्यमहरुका अनुसार निता अम्बानी कहिल्यै पनि दोहोर्याएर जुत्ता लगाउँदिनन् । उनी धेरैजसो गार्सिया, जिम्मी चू, पेलमोडा, पाड्रो, मार्लिन जस्ता ब्राण्डेड जुत्ता लगाउँछिन् । उक्त जुत्ताको मूल्य ५ लाख भारतीय रुपैयाँ पर्ने गरेको छ ।

गर–गहना

उनी परम्परागत गर–गहना लगाउँन मन पराउँछिन् । कार्यक्रमहरुमा भने उनी हिराको औँठी सधैँ लगाउँछिन् । यसको मूल्य करिब ५ देखि ७ लाख भारु पर्छ । उनलाई यो औँठी अम्बानीले प्रेम प्रस्ताव राख्दा दिएका थिए ।

लिपिस्टिक

कार्यक्रमहरुमा नीता अम्बानी निकै आकर्षक रुपमा देखा पर्ने गरेकी छिन् । उनले आफूलाई आकर्ष देखाउन प्रयोग गर्ने मेकअप किट पनि निकै महँगो हुने गरेको छ । उनले लगाउने एउटा लिपिस्टिकको मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । जसको नेपाली मूल्य ६४ लाख भन्दा धेरै पर्छ ।

घडीको शोखिन

निता अम्बानीसँग धेरै थरिका ब्राण्डेड घडीहरु रहेका छन् । उनले प्रयोग गर्ने घडीहरुको मूल्य २० लाख पर्छ । उनीसँग बुल्गरी, कार्टियर, राडो, गुच्ची, केल्विन क्लाइन र फान्सिल जस्ता ब्राण्डको घडीहरुको संग्रह नै रहेको छ ।

सारी कलेक्शन

उनीसँग अन्य सामान जस्तो महङ्गा सारीको कलेक्शन छ । उनका सारीको चर्चा बारम्बार भइरहन्छ । उनको सारी लगभग ४० लाख बराबरको हुन्छ । उनी अब्बू जानी सन्दीप खोसला, अनामिका खन्ना, मनीष मल्होत्रा जस्ता डिजाइनरले बनाएको सारी लगाउने गर्छिन् ।

व्याग

उनीसँग संसारकै सबैभन्दा महङ्गो व्याग कलेक्शन छ । शनेल, गोयार्ड, जिम्मी चू ब्राण्डका व्यागको मूल्य लगभग ४ लाख भारुबाट सुरु हुन्छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा