थाइल्याण्डका राजाले आफ्नै अंगरक्षकसँग विवाह गरेपछि
इन्द्र रिजाल
बैशाख १९, २०७६ बिहिबार १६:३७:२१
एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।
शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्वास गरिएको छ । बुधबार भएको विवाह समारोहबाट सबैजना अचम्ममा परेका छन् । विवाह समारोहको दृश्य थाई टेलिभिजनबाट बुधबार बेलुकामात्रै देखाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
६६ वर्षीय राजा वजिरालंगकर्न थाइल्याण्डमा लोकप्रिय मानिदै आएका छन् । सन् २०१६ मा उनका पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि उनी राजा भएका हुन् ।
सन् २०१४ मा राजा वजिरालंगकर्नको अंगरक्षकको टिममा समावेश भएकी थिइन् । सुथिडा थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट हुन् । राजा वजिरालंगकर्नको यसअघि तीनजनासँग विवाह भएको थियो । तीनै जनासँग सम्बन्ध बिच्छेद पनि भैसकेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयुक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार