२२ मंसिर २०७८, बुधबार

खुल्यो डब्लु के डिजाइनको नयाँ स्टोर ललितपुरमा

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार ०६:३४


shangrila-nbi-agreement

ललितपुर । विश्व चर्चित अन्र्तराष्ट्रिय ब्राण्ड डब्लु के डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा खुलेको छ । नेपाली राट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काद्वारा एक समारोहका बीच स्टोरको उद्घाटन गरिएको छ ।

युवापुस्ताहरु प्रति लक्षित विभिन्न आधुनिक इलेक्ट्रोनिक्स ग्याजेट तथा एसोसिरिजहरु स्टोरमा राखिएको छ भने प्रयोगकर्ताहरुको मन जित्न सफल हुने कम्पनीको दावी छ ।

दक्षिण पुर्वी एशिया सहित अन्य ६० भन्दा बढी मुलुकहरुमा बजार रहेको कम्पनीको नेपालको आधिकारीक बिक्रेता टेकम्याक्स इन्टरनेशनल हो । कम्पनीका उत्पादनहरु अनलाइनमा दराज मार्फत पनि खरिद गर्न सकिने छ ।

सुरुवाती मूल्य २ शय देखी ६० हजार सम्म सुलभ मूल्य मा उपलब्ध कम्पनीका विभिन्न सामानमा ६ महिनाको रिप्लेसमेन्ट वारेण्टी पनि दिइएको छ ।

कम्पनीले चाडै नै काठमाडांैको बानेश्वर, बौद्ध, न्यूरोड, पोखरा र नारायणघाटको सिजी मल लगायत देशभरीमा आधिकारीक आउटलेटहरु स्थापना गरिने बताएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा