fbpx

आजबाट रातामकैको ‘दालभात तरकारी’ प्रदर्शनमा



नेपालबहस संवाददाता
 




काठमाडौं । यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएका चलचित्र ‘दालभात तरकारी’ आजबाट प्रदर्शनमा आएको छ । वैशाख २० गते शुक्रबार देखि फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको हो । यो फिल्मले हलमा सोलो प्रदर्शन पाएको छ ।

वैशाख १३ गते प्रर्दशन हुने भनिएको फिल्म हलिउड बहुप्रतिक्षित फिल्म ‘एभेन्जर्स एण्ड गेम’ रिलिज भएपछि एक हप्ता पछाडी सरेको हो । ‘दाल भात तरकारी’ले सोलो रिलिज पाउदा हलमा ए मेरो हजुर ३ र हलिउड फिल्म एभेन्जर्स एण्ड गेम पनि लाग्ने छ । मह सञ्चारको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘दाल भात तरकारी’ यो वर्षकै बहुप्रतिक्षित फिल्म हो ।

यो फिल्मले बम्पर ओपनिङ्ग गर्ने फिल्मकर्मीको आशा रहेको छ । फिल्मको अग्रिम बुकिङ्ग बुधबार देखिनै खुल्ला गरिएको छ । यो फिल्मले मल्टिप्लेक्सका साथै एकल हलमा पनि राम्रो शो पाएको छ । यो फिल्मले मल्टिप्लेक्समा ३४ शो पाएको छ ।

मल्टिस्टारर फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, मदनकृष्ण श्रेष्ठ, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, शिवहरि पौडेल लगायत कलाकारको अभिनय रहेको छ । किरण केसीले निर्माण गरेको फिल्मलाई उनकै छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।

अमेरिकाको मोहमा आधारित भएर तयार पारिएको कमेडी फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् ।


सम्बन्धित समाचार